रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम चाँडै अगाडि बढाउँछौं : मन्त्री पौडेल
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार २१:५७:०
२० कात्तिक, राजविराज (सप्तरी) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशकै गौरवका रूपमा रहेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणको काम चाँडै अगाडि बढाइने बताएका छन् । सप्तरीको राजविराज–१० विरौलमा रहेका प्रतिष्ठानको जग्गा निरीक्षण गर्ने क्रममा आज मन्त्री पौडेलले प्रतिष्ठानको व्यवस्थित विकास गर्ने सोचका साथ आवश्यक संरचना निर्माणका लागि सरकार अघि बढेको बताए ।
उनले चिकित्सा शिक्षा अध्ययनतर्फको स्नातक तह (एमबिबिएस)को पढाई सञ्चालन गर्ने उद्देश्यका लागि प्रतिष्ठानका पूर्वाधार निर्माण गर्न लागिएको र यसलाई व्यवस्थित गरेमा जनताले सजिलै लाभ लिन सकिने उल्लेख गरे । मन्त्री पौडेलले भने, “रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आवश्यक जग्गाको व्यवस्थापन भइसकेको छ । अब पूर्वाधार निर्माणका लागि बोलपत्र गरी चाँडै काम अघि बढाइने छ ।”
प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका अध्यक्ष डा पशुपति चौधरीले सरकारले यस वर्ष आवश्यक पूर्वाधार निर्माणका लागि रु ४० करोड बजेट छुट्याए पनि बोलपत्र आह्वान हुन नसकेको भन्दै ध्यानाकर्षण गराए । विसं २०७५ पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागि भाडामा दिने निर्णय गरेसँगै २०७८ असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको शिलान्यास गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’