वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र कर्णाली विजयी
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार २२:८:२८
२० कात्तिक, विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाइ पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र कर्णाली प्रदेश आ–आफ्ना खेलमा विजय भएका छन् । प्रतियोगिताअन्तर्गत विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीले वागमती प्रदेशलाई २० रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा २० दशमलव ५ ओभरमै सबै विकेट गुमाई ७५ रनमा सीमित भएको थियो ।
कर्णालीका विजय बोहोराले १६ रन बनाउँदा कमल विष्टले १५ रनको योगदान दिए । वागमतीका दिनेश विष्टले ५ विकेट लिए । उनले ३ दशमलव ५ ओभरमा २ मेडन राख्दै ६ रन मात्र दिए । यस्तै दयानन्द मण्डलले ३ विकेट र दीपक सेरलाले २ विकेट लिए । ७६ रनको विजयी लक्ष्य पाएको वागमतीले १८ दशमलव ३ बलमा सबै विकेट गुमाउँदै ५५ रनमा सीमित हुन पुग्यो ।
वागमतीका रोशन विश्वकर्माले १३ रन बनाउँदा उत्तम मगरले १० रनको योगदान दिए । कर्णालीका प्लेयर अफ द म्याच विपिन शर्माले ४ विकेट लिँदा युनिस ठकुरी र अनुज चनराले तीन÷तीन विकेट लिए । आजै वैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको रोमाञ्चक खेलमा मधेसले लुम्बिनीलाई १ विकेटले पराजित गरेको छ ।
यस खेलअघि प्रतियोगितामा लुम्बिनी एकमात्र अपराजित टोली रहेको थियो । टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरको खेलमा २० ओभरमा सबै विकेट गुमाई ७० रनको योगफल बनायो । लुम्बिनीका समिर अलीले सर्वाधिक १२ रनबाहेक अरु ब्याटरले दोहोरो अङ्कलाई छुन सकेनन् ।
मधेसका प्लेयर अफ द म्याच अभिशेख तिवारीले सर्वाधिक ५ विकेट लिए । उनले ६ ओभरमा १६ रन दिए । ७१ रनको लक्ष्य पाएको मधेसले २७ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको छ । मधेसका मयन यादवले २२ रन बनाउँदा इमरमन शेखले ११ रनको योगदान दिए । लुम्बिनीका रमेह कुर्मीले ४ विकेट लिँदा सन्तोष यादवले ३ विकेट लिए ।
लिगको सबै खेल सम्पन्न हुँदा सुदूरपश्चिम ६ खेलमध्ये ५ मा जीत र १ मा पराजित हुँदै १० अङ्कका साथ पहिलो स्थानमा उक्लिएको छ भने लुम्बिनी ६ मध्ये ५ खेलमा जीत र १ खेलमा पराजित हुँदै १० अङ्कका साथ नेट रन रेटमा पछि पर्दै दोस्रो स्थानमा झरेको छ ।
यस्तै गण्डकी ६ खेलमा विजयी र ३ खेलमा पराजित हुँदै ६ अङ्कका साथ तेस्रो, मधेस ६ मध्ये ३ खेलमा विजयी र ३ खेलमा पराजित हुँदै ६ अङ्कका साथ नेट रन रेटमा पछि पर्दै चौथो स्थानमा, वागमती ६ मध्ये २ मा जीत र ४ खेलमा पराजित हुँदै ४ अङ्कका साथ पाँचौ स्थानमा, कर्णाली ६ मा २ मा विजयी र ४ खेलमा पराजित हुँदै ४ अङ्कका साथ छैठौँ स्थानमा र कोसी ६ खेलमा १ मा जीत र ५ खेलमा पराजित हुँदै २ अङ्कका साथ पुछारमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार