सुदूरपश्चिममा ३ सय ९७ जुवाडे पक्राउ
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार २२:२८:३३
२० कात्तिक, सुदूरपश्चिम । चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका क्रममा सुदूरपश्चिम प्रदेशमा पछिल्लो ५० दिनमा तीन सय ९७ जुवाडेलाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरूबाट रु २९ लाख सात हजार दुई सय ५४ बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । जुवाताससम्बन्धी कसुरमा पक्राउ परेकामाथि प्रचलित कानुनबमोजिम कारबाही अघि बढाइएको छ ।
पक्राउ पर्नेमा कैलालीबाट सबैभन्दा बढी एक सय ८४ र कञ्चनपुरबाट एक सय ५९ जुवाडे रहेका छन् । यसैगरी डोटीमा १२, डडेलधुरामा २८, अछाममा नौ र बझाङमा पाँच जनालाई पक्राउ गरिएको छ । प्रदेशका सबै नौ जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गर्न थप चार हजार सुरक्षाकर्मीसमेत गरी ११ हजार पाँच सय प्रहरी परिचालन गरिएको थियो । सामान्य अवस्थामा नागरिकको सुरक्षाका लागि प्रदेशमा सात हजार पाँच सय प्रहरी खटिने गरेका छन् ।
चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत ठाउँठाउँमा पिकेट टोली, मोबाइल टोली, स्ट्राइकिङ, पैदल गस्ती र सादा पोशाकका प्रहरी परिचालन गरिएका थिए । सीमा क्षेत्रबाट लागुऔषधको कारोबार, विष्फोटक पदार्थलगायत मालसमानको चोरी तस्करीका घटना हुन नदिन सीमावर्ती क्षेत्रमा प्रहरी सक्रियता बढाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
पुष ९, २०८१ मंगलबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार