कृषि तथा वन विज्ञान विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त खुल्यो
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार १०:१८:३९
२१ कात्तिक, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त मागिएको छ । नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समिति (सर्च कमिटी)ले आज सूचना जारी गरी १० दिनभित्र दरखास्त दिन आह्वान गरेको हो ।
राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्यको संयोजकत्वको सर्च कमिटीमा शिक्षा मन्त्रालयका सचिव र विश्वविद्यालयका सिनेटर डा. भूमिनन्द देवकोटा सदस्य छन् । सो कमिटीले गरेको सिफारिसको आधारमा सरकारले उपकुलपति नियुक्त गर्ने छ ।
उपकुलपति बन्न इच्छुक उम्मेदवारलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि २०८१ बमोजिम दरखास्त दिन भनिएको छ ।
उम्मेदवारले शिक्षा मन्त्रालयको उच्च शिक्षा शाखामा उल्लिखित कार्यविधिको अनसूची १ मा उल्लेख गरिएको ढाँचामा १० दिनभित्र निवेदन दिन भनिएको छ । आजको मितिले दशौं दिनमा सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय समयभित्र दरखास्त दिन सकिने सर्च कमिटीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालीगण्डकी मत्स्य ह्याचरीद्वारा यस वर्ष आठ लाख भुरा उत्पादन
पुष १२, २०८१ शुक्रबार
तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी
पुष ११, २०८१ बिहिबार
सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
मानुङकोट सूर्योदय र कुहिरो अवलोकन गर्ने आन्तरिक पर्यटकले भरिभराउ
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
रुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार
प्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
कांग्रेस र एमाले डराउँदै हिँड्ने कि जनताको पक्षमा देखिने गरी काम गर्ने ?
पुष १३, २०८१ शनिबार