निर्णायक मानिएका राज्यमा पनि ट्रम्प अगाडि, खुसी मनाउन थाले समर्थक
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार १२:९:२१
२१ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा निर्णायक मानिएका सातमध्ये दोस्रो राज्यमा पनि डोनाल्ड ट्रम्पले जित हासिल गरेका छन् । बीबीसीका अनुसार ट्रम्पले जर्जिया पनि जितेका छन् । त्यसअघि उनले नर्थ क्यारोलिनामा पनि जितेका थिए । अमेरिकाको ४७औं राष्ट्रपति छान्न मंगलबार भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।
हालसम्मको मत परिणामअनुसार रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अगाडि देखिएका छन् । सीएनएनका अनुसार उनी अहिलेसम्म २४६ इलेक्टोरल मतसहित अगाडि देखिएका छन् । त्यस्तै डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यरिस १८२ इलेक्टोरल मतमा अगाडि छिन् । राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल मतमध्ये कम्तीमा २७० ल्याउनुपर्नेछ ।
जितका लागि निर्णायक मानिएका ७ स्विङ स्टेटमध्ये नर्थ क्यारोलाइना र जर्जियामा ट्रम्पले जित हासिल गरेका छन् । यो जितले ट्रम्पलाई बहुमतका लागि सहज बनाएएको छ । तर अन्य स्विङ स्टेटहरूमा कमला ह्यारिसको पकड स्थापित हुनपनि सक्छ । तर नर्थ क्याोलाइना र जर्जियाको १६÷१६ इलेक्ट्रोरल सिटमा जित हासिल भएपछि ट्रम्पका समर्थकमा खुसियाली छाएको छ ।
अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ । चुनावमा निर्णायक मानिएका स्विङ स्टेटहरूको नतिजाको नआइ कसले जित्न सक्छ भन्ने अनुमान गर्न कठिन हुन्छ । सन् २०२० मा पनि सुरुवाती नतिजामा ट्रम्पले अग्रता बनाएका थिए । तर अन्तिममा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले उनलाई पछाडि पारेका थिए । अन्तिम नतिजा आउन २/३ दिनसम्म लाग्न पनि सक्छ ।
५० राज्यमध्ये अधिकांश राज्यले परम्परागत रूपमा राष्ट्रपतीय निर्वाचनमा प्रायः एउटै पार्टीलाई जिताउने गरेका छन् । त्यस्ता राज्यहरू ‘ब्लु’ र ‘रेड’ स्टेटका रूपमा चिनिन्छन् । डेमोक्रेटिक दलका उम्मेदवारको पक्षमा रहेका राज्यलाई ‘ब्लु’ र रिपब्लिकन उम्मेदवारको पकड रहेका राज्यलाई ‘रेड’ स्टेटका रूपमा चिनिन्छ ।
यस पटक पनि पहिलेजस्तै निर्वाचन परिणाम नै निर्धारण गर्ने‘ब्याटलग्राउन्ड स्टेट’ वा ‘स्विङ स्टेट’ को मतले राष्ट्रपति चयनमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिएको छ । पेन्सिलभेनिया (१९), जर्जिया (१६), नर्थ क्यारोलाइना (१६), मिसिगन (१५), एरिजोना (११), विस्कन्सिन (१०) र नेभादा (६) गरी ‘ब्याटलग्राउन्ड स्टेट’ वा ‘स्विङ स्टेट’ को कुल इलेक्टोरल मत ९३ छ । एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी सिनेटमा रिपब्लिकनको बहुमत
कात्तिक २१, २०८१ बुधबार
स्विङ स्टेटमा अग्रतासँगै ट्रम्प राष्ट्रपतिमा जित उन्मुख
कात्तिक २१, २०८१ बुधबार
उत्तर कोरियाली सैनिकहरू रूसमा युक्रेनी फौजको आक्रमणमा परेको दाबी
कात्तिक २०, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
विदासहित जोडर लामिछानेको म्याद १० दिन थपियो, २३ गतेसम्म कास्की हिरासतमै रहने
कात्तिक २०, २०८१ मंगलबार
ट्रम्पले फ्लोरिडामा समर्थकलाई गरे सम्बोधन,आगामी कार्यकाल अमेरिकाका लागि स्वर्ण युग हुने
कात्तिक २१, २०८१ बुधबार
जित नजिक पुगेका ट्रम्पले फ्लोरिडामा सम्बोधन गर्ने
कात्तिक २१, २०८१ बुधबार
कोशीका कानुनमन्त्री अधिकारीले पदबाट दिए राजीनामा
कात्तिक २१, २०८१ बुधबार
जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व
कात्तिक २१, २०८१ बुधबार
२१ दिनका लागि बजारबाट १ खर्ब झिक्दै राष्ट्र बैंक
कात्तिक २१, २०८१ बुधबार
गोसाइँकुण्ड आसपास क्षेत्रमा हिमपात
कात्तिक २१, २०८१ बुधबार