जित नजिक पुगेका ट्रम्पले फ्लोरिडामा सम्बोधन गर्ने
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार १३:२९:५१
२१ कात्तिक, काठमाडौं । अमेरिकाका सातमध्ये तीन स्विङ राज्यमा विजय हासिल गरेपछि रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्पले आफ्ना समर्थकलाई सम्बोधन गर्ने भएका छन् । अमेरिकी राष्ट्रपति निर्वाचनमा विजयनजिक पुगेका ट्रम्पले सम्बोधन गर्ने भएपछि उनका समर्थकहरू फ्लोरिडामा जम्मा हुन थालेका छन् ।
१९ इलेक्ट्रोरल भोट भएको पेन्सलभेनियाको नतिजा टम्पतिर जाने देखिएको छ । यद्यपि औपचारिक प्रोजेक्सन भने होइन । तर यो रिपब्लिकन समर्थकका लागि ठूलो खुसी हो । किनकी पेन्सलभेनिया जितेसँगै ट्रम्पको इलेक्ट्रोरल भोट २६६ हुनेछ । जबकी राष्ट्रपतिमा निर्वाचित हुन २७० चाहिन्छ ।
अमेरिकी राष्ट्रपति चुनावमा सात स्वीङ स्टेटलाई निर्णायक मानिएको थियो । ट्रम्पले सुरुमा नर्थ क्यारोलिना जिते । १६ इलेक्ट्रोरल भोट भएको यो राज्यमा २०२० को चुनावमा पनि ट्रम्प नै विजयी भएका थिए । फ्लोरिडामा भने उनले परिणाम उल्टाए ।
२०२० मा जो बोइडेनले जितेको यो राज्यमा यो पटक ट्रम्पले बाजी मारे । यहाँ पनि १६ इलेक्ट्रोरल भोट छ । ट्रम्प आफ्नो चुनावी अभियानको मुख्यालय फ्लोरिडालाई बनाएका थिए । यसैकारण उनले फ्लोरिडामा सम्बोधन गर्ने विश्वास गरिएको छ ।
ट्रम्पको सम्बोधनको लागि स्टेज तयार गरिएको छ । उनीसँगै उपराष्ट्रपतिका उमेदवार जेडी भान्स पनि आउन सक्ने बताइएको छ । ट्रम्प विजयनजिक पुगेपछि अमेरिकाका धेरै सहरहरूमा उनका समर्थकहरू उनको तस्बिर लिएर सडकमा उत्रिन थालेका छन् । एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमण तयारी गर्न मंसिर १३ गते परराष्ट्र मन्त्री राणा चीन जाने
मंसिर १०, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमण तयारी गर्न मंसिर १३ गते परराष्ट्र मन्त्री राणा चीन जाने
मंसिर १०, २०८१ सोमबार
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
मंसिर १०, २०८१ सोमबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
मंसिर १०, २०८१ सोमबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार