नेप्से घटेपनि १२१ कम्पनी नाफामा, ५ अर्ब २२ करोडको शेयर कारोबार
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार १५:३८:३३
२१ कात्तिक, काठमाडौं । बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक १.८८ अंकले घटेको छ । ५ अर्ब २२ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मंगलबार ४ अर्ब २० करोड रूपैयाँको कारोबार भएको थियो । आज १२१ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ६ को स्थिर रह्यो ।
औसतमा ठूला पूँजी भएका कम्पनीको मूल्य घटेकाले यस्तो प्रभाव परेको हो । तिहारपछि खुलेका दुई दिन नै बजारमा झिनो गिरावट देखिएको छ । अघिल्लो दिन नेप्से ०.२१ अंक घटेको थियो । बुधबार नेप्से २६७५.५१ बिन्दुमा बन्द भएको छ ।
बुधबार ५५ हजार २३८ पटकको शेयर किनबेचबाट १ करोड १६ लाख ८६९ कित्ता शेयर किनबेच भए । कूल १३ उपसमूहमध्ये ५ उपसमूह बढे भने बाँकी उपसमूहहरू घटे । बढ्ने उपसमूहहरूमा विकास बैंक, फाइनान्स, हाइड्रोपावर, व्यापार र म्यूचअल फन्ड अघि रहे । घट्ने उपसमूहहरूमा निर्जीवन बीमा, होटल तथा पर्यटन, जीवन बीमा र लघुवित्त अघि रहे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशेयरबजार बुधबार र बिहीबार बन्द हुने
माघ १६, २०८१ बुधबार
मंगलबार बजार खुल्नासाथ नेप्सेमा करोडमाथि कारोबार
माघ १५, २०८१ मंगलबार
गृहले एसपी मिश्रलाई वीरगञ्जको कमाण्ड सम्हाल्न पठाएपछि तस्करहरूको भागाभाग !
माघ १७, २०८१ बिहिबार
अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी
माघ १६, २०८१ बुधबार
भरूवा बन्दुकसहित एक जना पक्राउ
माघ १७, २०८१ बिहिबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
माघ १७, २०८१ बिहिबार
हमासले नियन्त्रण लिएका ७ बन्दी छुटाउने समारोह सुरू
माघ १७, २०८१ बिहिबार
इजरायली महिला बन्धक अगम बर्जरलाई रेडक्रसको जिम्मा लगाइयो
माघ १७, २०८१ बिहिबार
सन् २०२४ मा दुबई विमानस्थलद्वारा नौ करोड २३ लाख यात्रुलाई सेवा प्रदान
माघ १७, २०८१ बिहिबार