२७९ इलेक्टोरल भोट कटाएर ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित, आधिकारिक घोषणा गरिँदै
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार १६:४८:२८
२१ कात्तिक, काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले २७९ इलेक्टोरल भोट कटाएका छन् । उनलाई निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न बाँकी छ ।
रिपब्लिकन नेता ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसमाथि विजय प्राप्त गरेको बताउँदै विश्वका नेताहरूले उहाँको प्रशंसा गरेका छन् । राष्ट्रपतीय निर्वाचनको मत परिणामबारे औपचारिक रूपमा घोषणा भइनसकेको भएपनि उनलाई बधाई दिने क्रम सुरू भएको हो ।
सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने जो डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए । त्यसपछि पुनः यसवर्षको चुनावमा उम्मेदवारी दिएका ट्रम्पले डेमोक्र्याट उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् ।
१० इलेक्टोरल भोट भएको विस्कन्सिन र ३ इलेक्टोरल भोट भएको अलस्कामा रिपब्लिकनको जित पक्का भएको छ । योसँगै राष्ट्रपतिमा ट्रम्पको इलेक्टोरल भोट २७९ पुगेको छ । जबकि राष्ट्रपति निर्वाचित हुनका लागि २७० इलेक्टोरल भोट भए पुग्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ
पुष ७, २०८१ आइतबार
नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार