मानव सेवा आश्रमको मेची–महाकाली अभियान पोखरामा, सात जनाको उद्धार
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार १९:४५:४४
२१ कात्तिक, कास्की । सार्वजनिकस्थल र सडकपेटीमा कष्टपूर्ण जीवन बिताइरहेकाको उद्धार गर्ने उद्देश्यले मानव सेवा आश्रमले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान आज गण्डकी प्रदेशको राजधानी पोखरामा आइपुगेको छ ।
सो अभियानका क्रममा पोखरा महानगरपालिकाका विभिन्न वडाबाट गरी सात जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरिएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । उनका अनुसार छ जना पुरुष र एक जना महिलालाई उद्धार गरी मानव सेवा आश्रमको हेमजा सेवा केन्द्रमा गृहप्रवेश गराइएको छ । राष्ट्रिय उद्धार टोलीले बुधबार दिनभर पोखरा महानगरपालिकाका विभिन्न स्थानमा रहेका सहयोगापेक्षी मानवको उद्धार सेवामा खटिएको थियो ।
‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडक पेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा गत असोज २८ गतेदेखि झापाको मेचीनगरदेखि उद्धार यात्रा सुरु भएको अधिकारीले जानकारी दिए ।
यात्राको २४ औँ दिन कास्कीको पोखरासम्म आइपुग्दा एक सय ७७ जना सडकआश्रित मानवको उद्धार गरिएको आश्रमका गण्डकी प्रदेश संयोजक होमनाथ तिमिल्सिनाले जानकारी दिए । उद्धार गरिएकामा एक सय ३५ जना पुरुष र ४२ जना महिला छन् । त्यसमध्येमा पाँच बालिका र चार बालक रहेको बताइन्छ ।
यसैगरी मेची–महाकाली राष्ट्रिय उद्धार टोली बिहीबार तनहुँ र गोरखाका विभिन्न क्षेत्रमा रहेका सडकआश्रित मानवको उद्धार सेवामा खटिने कार्यक्रम रहेको जनाइएको छ । मानव सेवा आश्रमको देशका सात प्रदेशका १९ जिल्लामा २५ वटा सेवा केन्द्र सञ्चालनमा छन् । आश्रमले विसं २०८२ भित्र नेपाललाई सडक पेटी र सार्वजनिकस्थलमा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने मानिसको देश निर्माण गर्ने सङ्कल्प गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार