चुनावी जितपछि ट्रम्पसँग मिलेर काम गर्ने विश्व नेताहरूको प्रतिबद्धता
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार २०:३५:२९
२१ कात्तिक, पेरिस । कमला ह्यारिसमाथि अमेरिकी निर्वाचनमा आश्चर्यजक जित हासिल गरेपछि विश्व नेताहरू बुधबार डोनाल्ड ट्रम्पलाई बधाई दिन तत्पर देखिएका छन् । उनको चुनावी जित पुष्टि हुनुअघि नै धेरै व्यक्त गरिएका पहिलो प्रतिक्रियाहरू यस्ता छन् :
– जापानः नयाँ उचाइ –
प्रधानमन्त्री सिगेरु इसिबाले ‘जापान–अमेरिका गठबन्धन र जापान–अमेरिका सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन ट्रम्पसँग नजिकबाट काम गर्ने’ आशा गरेको पत्रकारहरूलाई बताए ।
– दक्षिण अफ्रिका –
सन् २०२६ मा अमेरिकाभन्दा अघि आगामी वर्ष जी२० को अध्यक्षता सम्हाल्ने दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ट्रम्पलाई सन्देशमा ‘हाम्रा दुई राष्ट्रबीचको सहयोगका सबै क्षेत्रहरूमा नजिक र पारस्परिक लाभदायक साझेदारी जारी राख्न’ तत्पर रहेको बताए ।
– साउदी अरेबियाः नजिकको सम्बन्ध –
साउदी अरेबियाका राजा सलमान र उहाँका छोरा, वास्तविक शासक क्राउन प्रिन्स मोहम्मद बिन सलमानले ट्रम्पलाई पठाउनुभएको तारमा राजा सलमानले ‘दुई मित्र देश र जनताबीचको नजिकको सम्बन्धलाई सबैले सबै क्षेत्रमा बलियो र विकसित गर्न चाहन्छन्’ भन्दै प्रशंसा गर्नुभएको आधिकारिक साउदी प्रेस एजेन्सीले जनायो ।
– कतारः सुरक्षा र स्थिरता –
गाजा द्वन्द्वमा प्रमुख मध्यस्थकर्ता र मध्यपूर्वमा सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डाको आतिथ्यकर्ता कतारका अमिर शेख तमिम बिन हमद अल–थानीले ‘क्षेत्र र विश्वव्यापी रूपमा सुरक्षा र स्थिरता प्रवर्द्धन गर्न फेरि सँगै काम गर्न’ तत्पर रहेको बताए ।
– टर्कीः मेरा मित्र ट्रम्प –
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले ‘मेरा मित्र डोनाल्ड ट्रम्पलाई’ बधाई दिए । “टर्की–अमेरिका सम्बन्ध बलियो हुनेछ, क्षेत्रीय र विश्वव्यापी सङ्कट र युद्धहरू, विशेषगरी प्यालेस्टिन मुद्दा र रुस–युक्रेन युद्ध समाप्त हुनेछन् भन्ने मलाई आशा छ”, उनले वक्तव्यमा भने ।
– इजिप्टः शान्ति प्राप्ति –
राष्ट्रपति अब्देल फत्ताह अल–सिसीले ट्रम्पको ह्वाइट हाउस फिर्तीले मध्यपूर्वमा शान्ति ल्याउन मद्दत गर्नसक्ने आशा व्यक्त गरे। “म उहाँलाई सबै सफलताको कामना गर्छु र सँगै शान्ति प्राप्त गर्न, क्षेत्रीय स्थिरता कायम राख्न र इजिप्ट–संयुक्त राज्य अमेरिकाबीचको रणनीतिक साझेदारी सुदृढ गर्न तत्पर छु”, उनले भने ।
– दक्षिण कोरियाः गठबन्धन अझ उज्यालो चम्कने
राष्ट्रपति युन सुक येओलले ट्रम्पलाई बधाई दिँदै भने, “तपाईंको बलियो नेतृत्वमा, दक्षिण कोरिया–अमेरिका गठबन्धन र अमेरिकाको भविष्य अझ उज्यालो चम्कनेछ । तपाईंसँग नजिकबाट काम गर्न तत्पर छु ।”
– इटालीः हार्दिक बधाई –
प्रधानमन्त्री जोर्जिया मेलोनीले ‘हार्दिक बधाई’ दिए। “इटाली र संयुक्त राज्य अमेरिका अटल गठबन्धनद्वारा जोडिएका ‘भगिनी’ राष्ट्रहरू हुन्”, उनले भने ।
– हङ्गेरीः सबैभन्दा ठूलो पुनरागमन –
युरोपमा ट्रम्पका सबैभन्दा नजिकका सहयोगी प्रधानमन्त्री भिक्टर ओर्बनले यो परिणामलाई ‘सम्भवतः पश्चिमी राजनीतिक इतिहासमा सबैभन्दा ठूलो पुनरागमन’ भनेका छन् । “उनीहरूले उहाँलाई जेलको धम्की दिए, उहाँको सम्पत्ति खोसे, उहाँको हत्या प्रयास गरे, अमेरिकाको सम्पूर्ण मिडिया जगत् उहाँको विरुद्धमा गयो र पनि उहाँ विजयी हुनुभयो”, उनले फेसबुकमा लेखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार
गाजामा इजरायली हमलामा बालबालिका सहित १९ जनाको मृत्यु
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
म्याद थप गर्न दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ९, २०८१ आइतबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार
नहरमा हिउँदेबालीका लागि सिँचाइ
मंसिर ९, २०८१ आइतबार
कर्णाली करिडोर र हुम्ला करिडोर
मंसिर ९, २०८१ आइतबार