राष्ट्रियसभाद्वारा धन्यवाद प्रस्ताव पारित
इन्द्र रिजाल
बैशाख २०, २०७६ शनिबार १:३७:११
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित गरेको छ ।
सांसद दीनानाथ शर्माले प्रस्तुत गरेको सो प्रस्तावलाई वृषेशचन्द्र लालले समर्थन गरेका थिए । सो प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको हो ।
त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रमको प्रति टेबल गरेका थिए । राष्ट्रपति भण्डारीले आजै संयुक्त सदनमा आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
राष्ट्रियसभाको अर्को बैठक यही वैशाख २३ गते दिउँसो १३ बजे बस्नेछ । राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रम माथि यही वैशाख २३ र २४ गते छलफल हुनेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान
असोज ४, २०८१ शुक्रबार
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौंमा
असोज ४, २०८१ शुक्रबार
७० जना उपसचिवसहित सामान्य प्रशासन मन्त्रालयद्वारा १२ सय माथि कर्मचारीको सरुवा
असोज ३, २०८१ बिहिबार
आधुनिक धरहरा खुलेको पहिलो दिन अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक
असोज ३, २०८१ बिहिबार
संविधान संशोधनस् सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि
असोज ४, २०८१ शुक्रबार
शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान, उपप्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यले गरे बिदाइ
असोज ४, २०८१ शुक्रबार
एक्सले प्रतिबन्धका बाबुजुद काम गर्न थालेपछि ब्राजिलमा हंगामा
असोज ४, २०८१ शुक्रबार
भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसो प्रयोग !
असोज ४, २०८१ शुक्रबार