दातासँग भिख मागेर वन मन्त्रालयका ३० जना कर्मचारी बोकेर बाकु जाँदैछन वनमन्त्री शाही
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार ११:५०:५
![](https://nepalbahas.prixacdn.net/media/albums/ban_11_sDqn5uftE6_6CbwnM10th.png)
२२ कात्तिक, काठमाडौं । राज्य कोषको रकम दोहन गरी वन तथा वातावरण मन्त्रालयले दुई दर्जन कर्मचारीलाई विदेश पठाउँदै छ । कुनै पनि भूमिका नभएका कर्मचारी र सरोकारवालाको नाममा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप-२९ मा सहभागी गराउन लागेको हो ।
मन्त्रालयले यही कार्तिक २६ देखि मंसिर ७ सम्म अजरबैजानको बाकु शहरमा हुने कार्यक्रममा राज्यकोष दोहन गर्ने र केहीलाई दाताहरूसँग बेसरम ‘भीख’ मागेर सम्मेलनमा सहभागी गराउन लागेको हो । मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, राज्यमन्त्री रूपा विकसहित ३० जना कर्मचारी मन्त्रालयबाट बाकु जाँदैछन् । उक्त सूचीमा भएकामध्ये ‘संयुक्त राष्ट्र जलवायु परिवर्तन फ्रेमवर्क कन्भेन्सन’ (यूएनएफसीसी)को विभिन्न निकायमा भएका सदस्य तथा विज्ञबाहेक अन्य सहभागीको जलवायु सम्मेलनमा कुनै भूमिका रहँदैन ।
मन्त्रालयको तर्फबाट सहभागी हुनेमध्ये सिन्धु ढुंगाना जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख एवम् यूएनएफसीसीसीको फोकल पर्सन हुन । त्यसैगरी सहसचिव बुद्धिसागर पौडेल अतिकम विकसित देशहरूको समूह (एलडीसी) का सदस्य छन् । महेश्वर ढकाल हानी नोक्सानी (लस एन्ड ड्यामेज) मा रहेका छन । त्यसैगरी मन्त्रालय अन्तर्गतको रेड कार्यान्यन केन्द्रका नवराज पुडासैनी कार्बन व्यापारको विषयमा काम गरिरहेका छन् भने नेपालको कार्बन व्यापारका लागि विभिन्न अन्तर्राष्ट्रिय निकायसँग वार्ता र छलफल चलाइरहेका छन् । कोप–२९ मा लीफ कोलिसनमा कार्बन व्यापारसम्बन्धी सम्झौताको तयारी गरिरहेका छन् ।
जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका उपसचिव नरेश शर्मा एड्प्टेसन फन्ड बोर्डको सदस्य छन् । मन्त्रालयका एक कर्मचारीका अनुसार यूएनएफसीसीसी अन्तर्गतका निकायका सदस्य, फोकल पर्सन र विषय विज्ञबाहेक अरु कसैको कुनै भूमिका हुँदैन । तर पनि कर्मचारी, सरोकारवाला केही विज्ञ र केही सञ्चारकर्मीहरु राज्यकोषको दोहोनमा लागेका छन् । साथै केही दाताहरुको सहयोगमा पनि त्यहाँ पुग्दैछन् । ठूला भनिएका केही मिडियाका पत्रकारले दाताहरुलाई हारगुहार गरिरहेको स्रोतको दावी छ । ‘ठूला भनिएका सञ्चारगृहमा कार्यरत केही सञ्चारकर्मीले जलवायूको क्षेत्रमा काम गरिरहेका अन्तर्राष्ट्रिय संघ संस्थासँग पैसा मागिरहेका छन् यो साह्रै लाजमर्दो कुरा हो’, मन्त्रालयका एक कर्मचारीले भने ।
वन तथा वातावरण मन्त्रालयको तर्फबाट कोपमा सहभागी हुनेमा मन्त्री र राज्यमन्त्रीसहित सचिव दिपक खराल, सहसचिव बुद्धिसागर पौडेल, महेश्वर ढकाल, सिन्धु ढुंगाना, रेड कार्यान्यन केन्द्रका प्रमुख नवराज पुडासैनी, वनस्पती विभागका महानिर्देशक सञ्जिव राई, वन तथा भू संरक्षण विभागका सह सचिव धनन्जय लामिछाने, प्रशासनका सहसचिव भूपाल बराल, कानून तर्फका उपसचिव महेन्द्र शाही, लेखाका उपसचिव दिपक अधिकारी, प्रशासनका उपसचिव शोभाखर रेग्मी, प्रशासनका शाखा अधिकृत गंगा पाण्डे, खेम काफ्ले, नारायण रायमाझी, जलवायु परिवर्तन महाशाखाबाट उपसचिवहरू नरेश शर्मा, राजु सापकोटा, शिव खनाल, सुमन सुवेदी, हरी शर्मा, प्रकाश थापा, दीपा वली, प्राविधिक अधिकृतहरु हिमाल शिवाकोटी, शिला ज्ञवाली, प्रकाश लामिछाने, नारायण पोखरेल, अमृत शर्मा, कानुन अधिकृत जनकाराज शाही, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीका स्वकीय सचिव लेक विक्रम शाही, मन्त्रीका छोरा राजेन्द्र शाही रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार