आठ डीआईजीका लागि दर्जन एसएसपीहरु प्रतिस्पर्धामा
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार ११:२२:५०
२२ कात्तिक, काठमाडौं । नेपाल प्रहरीमा यतिबेला रिक्त भएका ८ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा यसै साता बढुवाको तयारी गरिएको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई बढुवाको तयारी गर्न निर्देशन दिइसकेको छ । ‘प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर विदेश भ्रमणबाट स्वदेश फर्केपछि बढुवा हुनेछ’, गृहमन्त्रालय स्रोतले भन्यो ।
बढुवा रोकेर प्रहरी महानिरीक्षक कुँवर इन्टरपोलको ९२ औँ महासभामा सहभागी हुन आइतबार बिहान संयुक्त अधिराज्य बेलायत गएका छन् । उनी शनिबार राती स्वदेश फर्केने कार्यतालिका रहेको छ । उनी फर्किएपछि बढुवा समितिको बैठक बस्ने र ८ डीआईजीमा सिफारिस गर्ने तयारी भएको छ ।
गत असारदेखि नै नेपाल प्रहरीमा डीआईजीको पद रिक्त हुँदै गए पनि बढुवा रोकिएको थियो । हाल रिक्त डीआईजीको संख्या ८ पुगेको छ । असारमा एआईजीका लागि बढुवा सिफारिस भएर पनि पोषराज पोखरेल डीआईजीमै अवकाश भएका थिए । उनलाई बढुवा सिफारिस गरे पनि निर्णय नभएपछि उनी असार २१ गते नै अवकाश पाए । यद्यपि उनले आफू बढुवा नहुनुपर्ने कारण माग्दै सर्वोच्चमा मुद्धा हालेका छन् । सो मुद्धा अहिले विचराधीन रहेको छ ।
गत साउनमा रामदत्त जोशी एआईजीमा बढुवा भएपछि दुईजना डीआईजीको पद रिक्त भएको थियो । तर त्यतिबेला नयाँ कार्य सम्पादन मूल्यांकनका लागि भन्दै बढुवा रोकिएको थियो । भदौ १६ गते विष्णुकुमार केसी ३० वर्षे सेवा अवधिका कारण अवकाश भए । त्यसको एक महिनापछि असोज १४ गते डीआईजी यज्ञविनोद पोखरेल अवकाश हुँदा रिक्त डीआईजीको संख्या चार पुगेपनि बढुवालाई झन लम्ब्याइयो । कात्तिक ११ गते राजेशनाथ बास्तोलाको अवकाश र किरण राणा एआईजीमा बढुवा भएपछि ६ जना डीआईजी रिक्त भएको थियो । किरण राणा एआईजी भएको दुई दिनमै र रामदत्त जोशी पनि एआईजीबाट अवकाश भएपछि रिक्त स्थानमा डीआईजी बुद्धिराज गुरुङ र केदार ढकाललाई बढुवाका लागि सिफारिस गरिएको छ। यससँगै नेपाल प्रहरीमा रिक्त डीआईजीको संख्या ८ पुगेको हो ।
रिक्त डीआईजीका लागि तीनवटा टोली प्रतिस्पर्धामा देखिएका छन् । प्रहरी महानिरीक्षक कुँवरका ब्याचीदेखि २०५४ को टोलीका एसएसपीहरू डीआईजी बन्न लबिङमै लागेका छन् । यसमध्ये पनि मुख्य गरी १५ एसएसपी मध्येबाट डीआईजी बढुवा सिफारिस हुने देखिएको छ ।
आईजीपी कुँवरका ब्याची कार्यक्षमतामा कमजोर मानिएका ध्रुवराज राउत र भोलाबहादुर रावल अहिलेका एसएसपीमा सबैभन्दा सिनियर हुन् । उनीहरू भर्नादेखि एसएसपीसम्म नै अगाडि थिए । त्यसपछि आईजीपीसँगै प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गरेका गणेश चन्द पनि अहिले डीआईजी बन्ने सूचीको प्राथमिकतामा छन् ।
डिआइजी दूर्गा सिंह चन्द एआइजी बढुवामा पछि परेपनि उनका पति चन्दलाई बढुवा दिएर न्याय गर्ने बताइएको छ । उनी २०७९ असार २५ गते ३२ जना एसएसपीमा बढुवा गर्दा पहिलो नम्बरमा थिए । कार्यक्षमता भन्दा पनि आफ्ना व्याची भएकाले यी तीनजनालाई छुटाउन नहुने पक्षमा आईजीपी कुवर उभिएका छन् ।
यस्तै सुरुमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा ल्याइएको टोलीबाट पनि यसपटक डीआईजी बन्ने छन् । यो टोलीबाट एसएसपी सिद्धिविक्रम शाह डीआईजी बन्ने करिब निश्चित छ । यसअघि एसएसपी हुँदा उनी चन्दपछिको दोस्रो नम्बरमा थिए । उनीभन्दा पछाडिका उमाप्रसाद चतुर्वेदी र सुशील सिंह राठौर पनि यसपटक डीआईजीका बलिया दाबेदार हुन । उनीहरूभन्दा पछाडिका दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारी यसअघि नै डीआईजी भइसकेका छन् ।
शाहकै ब्याचका हिमालयकुमार श्रेष्ठ, ओम राना र डम्बरबहादुर विक पनि डीआईजीका लागि विभिन्न शक्ति केन्द्र धाइरहेका छन् । रानाले त विभिन्न माध्यमबाट गृहमन्त्री र कांग्रेसका नेताहरुसँग लविङ गरिरहेको स्रोतले जनाएको छ । उनी डीएसपी र एसपी हुँदा निकै विवादित भएका थिए । उनीहरू डीआईजी बन्न २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएर सँगै एसएसपी भएको टोलीलाई रोक्नुपर्छ । यो टोलीका दानबहादुर कार्कीसहित तीनजना पहिल्यै डीआईजी भइसकेकाले उनीहरू मध्येबाट पनि केही बढुवा हुने सम्भावना छ । यो टोलीबाट डीआईजीमा बढुवा हुन ईश्वर कार्की, गोविन्द थपलिया, दिनेश आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्टले पनि जोडबल लगाइरहेका छन् । दिनेश आचार्य र राजेन्द्र भट्ट भने इन्चार्ज विभाजनमा पनि धेरै पटक अन्यायमा परेका अधिकृत हुन् । तुलनात्मक रुपमा इश्वर कार्की गोविन्द थपलिया तथा अरुण पौडेल कम विवादित मानिन्छन् ।
अहिले एकसाथ बढुवा भएका ३२ एसएसपीमध्ये तीनजना यसअघि नै डीआईजी भइसकेका भने ५ जना एसएसपीबाटै अवकाशमा गइसकेका छन्। एसएसपीबाट जीवनकुमार श्रेष्ठ, दिल्लीराज बिष्ट, मनोजकुमार यादव, रेवती ढकाल र किसन सिंह थापा अवकाश भएपछि अघिल्लो र पछिल्लो टोली मिलाउन सहज भएको छ ।
यस्तै यही टोलीसँगै एसएसपी भएका माधवप्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, दिपक रेग्मी, दिलिप सिंह देउवा, विनोद घिमिरे, सुदर्शनप्रसाद कोइराला, दिपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जीव शर्मा दास, लोकेन्द्र श्रेष्ठ र शारदा प्रसाद चौधरी पनि डीआईजीका दाबेदार हुन् । त्यसमध्येका देउवा, रेग्मी र दासचाहि निकै विवादित एसएसपी हुन् । देउवा, रेग्मी र दास कार्यक्षमता, चरित्र र स्वभाव र आर्थिक मामिलामा निकै कमजोर एसएसपीहरु हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
कात्तिक २१, २०८१ बुधबार
२७९ इलेक्टोरल भोट कटाएर ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित, आधिकारिक घोषणा गरिँदै
कात्तिक २१, २०८१ बुधबार
मुलुकलाई अस्थिरताबाट बचाउन कांग्रेस-एमालेको सरकार
कात्तिक २२, २०८१ बिहिबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
नेपालले कुवेतलाई दियो १३१ रनको लक्ष्य
कात्तिक २२, २०८१ बिहिबार
छठपूजाका लागि राखिएका पूजा सामग्री
कात्तिक २२, २०८१ बिहिबार
सुनको मूल्य चार हजारले घट्यो, तोलाको कति पुग्यो ?
कात्तिक २२, २०८१ बिहिबार
कमल फूलले भरिएको दह
कात्तिक २२, २०८१ बिहिबार