रुपन्देही व्यापार संघको रजत महोत्सव साताव्यापी कार्यक्रम गरी मनाइने
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार ११:३५:२३
चन्द्रकान्त खनाल
२२ कार्तिक रुपन्देही रुपन्देही व्यापार संघको रजत महोत्सव साताव्यापी कार्यक्रम गरी मनाइँदै छ । संघको स्थापना भएको २५ वर्ष प्रवेशको अवसरमा बिहिबारदेखि साताव्यापी कार्यक्रम गर्न लागिएको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
२०५७ साल कात्तिक २८ गते रुपन्देही व्यापार संघको स्थापना भएको थियो । यहि कात्तिक २८ गते संस्था स्थापना भएको २४ वर्ष पुरा भई २५ वर्षमा प्रवेश गर्दैछ । त्यसको अवसरमा संघले यहि कात्तिक २२ देखि २८ गतेसम्म विभिन्न कार्यक्रम गरी रजत महोत्सव मनाउन लागिएको संघका अध्यक्ष दीपकप्रसाद अधिकारीले जानकारी गराए ।
रजत जयन्तीको अवसरमा आयोजना गरिएको साताव्यापी कार्यक्रमको पहिलो दिन २२ गते विहिबार मानवसेवा आश्रम बुटवलको सुख्खानगर र तिलोत्तमाको पश्चिम पहुनीमा आश्रीत २ सय जनालाई खाद्यान्न तथा लत्ता कपडा वितरण गरिने छ ।
त्यसैगरी २३ गते शुक्रबार रुपन्देहीमा व्यापारको इतिहास र वर्तमान, सम्भावना र चुनौती विषयमा अन्तरमाध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।
२४ गते शनिबार संघसंस्थाविच मैत्रीपूर्ण फूटसल प्रतियोगिता तथा २५ गते आइतबार संघमा गठित वस्तुगत उपसमितिबिच मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । २६ गते रक्तदान कार्यक्रम, २७ गते लुम्बिनी प्रादेशिक अस्पतालका विरामीलाई फलफूल वितरण गरिने छ ।
त्यसैगरी २७ गते नै प्रभातफेरी कार्यक्रम गरिने छ भने सोही दिन रुपन्देहीमा स्थानीय प्रदेश तथा संघीय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने प्रभाव विषयक गोष्ठी आयोजना गरिएको अध्यक्ष अधिकारीले जानकारी गराए ।
२८ गते मंगलबार रजत महोत्सवको मुल समारोह आयोजना गरिएको छ । सोही समारोहमा संघले प्रकाशन गरेको स्मारिका विमोचन, रजत महोत्सव स्तम्भ निर्माण तथा उद्घाटनको समेत कार्यक्रम तय गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
दाङमा बस र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
पुष ५, २०८१ शुक्रबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार
बिक्रीका लागि भक्का पकाउँदै महिला
पुष ७, २०८१ आइतबार
बिक्री राखिएको जुनार र सुन्तला
पुष ७, २०८१ आइतबार
स्काई साइकिलिङमा रमाउँदै आन्तरिक पर्यटक
पुष ७, २०८१ आइतबार