ट्रम्पले जितेपछि इरानको प्रतिक्रिया- 'ह्वाइटहाउसमा जो आएपनि हामीलाई कुनै फरक पर्दैन'
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार ११:४५:५७
२२ कात्तिक, काठमाडौं । अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पको जितपछि इरानले पनि प्रतिक्रिया दिएको छ ।बुधबार सरकारी टिभी च्यानल आईआईबीमा इरान सरकारका प्रवक्ता फतेमेह मोहजेरानीले इरानमा ट्रम्पको विजयको सम्भावित प्रभावलाई खारेज गरेकी छन् ।
इरान र इजरायलबीच अहिले तनाव छ । इरानी सरकारकी प्रवक्ता मोहजेरानीले भनिन्, 'अमेरिकी राष्ट्रपतिको चुनावले हामीलाई केही फरक पर्दैन । अमेरिका र इरानमा सरकार परिवर्तनले खासै परिवर्तन हुनेवाला छैन । ह्वाइट हाउसमा जोसुकै बसे पनि यसले हाम्रा जनताको जीवनमा कुनै असर गर्दैन ।'
सन् २०१६ मा डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अमेरिकासँगको इरानको आणविक सम्झौता अन्त्य गरेका थिए । इरान र अमेरिकाबीच परमाणु सम्झौता बाराक ओबामाको कार्यकालमा भएको थियो ।
समाचार एजेन्सी एपीसँग कुरा गर्दै तेहरानका एक विद्यार्थीले ट्रम्पको विजयमा भने, 'ट्रम्पले इरानमाथि लगाइएको प्रतिबन्धलाई अझ बढाउने कुरामा कुनै शंका छैन । हाम्रो पक्षमा नभएका कुराहरू झन् खराब हुनेछन् । यसले हाम्रो अर्थतन्त्र र सामाजिक अवस्थालाई असर गर्नेछ ।'
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलेन्स्कीद्वारा रूसले भत्काउन नसक्ने ‘स्थायी शान्ति’ को आह्वान
पुष २, २०८१ मंगलबार
रुसले तालिबानलाई ‘आतङ्कवादी’ सूचीबाट हटाउने
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार