लिलाबल्लभ अधिकारीः कोशीमा कानुनमन्त्री भएर छिरे, निस्कदा मानव तस्कर कहलिए
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार १२:३४:२८
२२ कात्तिक, विराटनगर । नेपालीमा एउटा भनाइ छ लोभले लाभ, लाभले विलाप । लाखको लोभले गर्दा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी मानव तस्कर कहलिएका छन् । उनले मानव तस्करी नगरेको अनेक प्रमाण दिन खोजे पनि ति सबै झुटा सावित भएका छन् । अरु केही पार नलागेपछि पत्रकार सम्मेलन नै गरेर भ्रमण दलमा नक्कली व्यक्तिहरू सहभागी भएको दाबी गर । तर, उनको दाबी झुटो ठहरियो ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारी १३ गते जापान उडेका थिए । चार असम्बन्धित व्यक्तिलाई सँगै लिएर गएका उनको भ्रमणबारे प्रदेश मन्त्रिपरिषद्लाई नै थाहा थिएन । प्रदेश सरकार बेखबर रहे पनि जापान सरकारले भने उनको नियत बुझ्यो । मानव तस्करीको आरोपमा ४८ घण्टा केरकार गरेर विमानस्थलबाट फर्काइदिएपछि उनले विराटनगर आएर मन्त्री पदबाट राजीनामा दिए । मानव तस्करीको विवादमा परेपछि बुधबार उनले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री हिक्मत काकीलाई अधिकारीले जापान उड्नु अघिल्लो दिन फोन गरेर भ्रमणबारे जानकारी दिएका थिए । उनी एयरपोर्ट लागे लगत्तै कुनै निकायलाई पनि जानकारी नदिएर जापान हिँडेको चर्चा सुरु भइसकेको थियो । तर, मानव तस्करी गरेको आशंकामा जापानको अध्यागमनले मन्त्री अधिकारलाई प्रवेश अनुमति नै नदिई विमानस्थलबाट फिर्ता पठाएपछि उनी थप चर्चामा आए । उनले पत्रकार सम्मेलनमा आफैं फर्किएको दाबी गरेपनि जापानको अध्यागमन अधिकारीहरूले उनलाई पठाएको निमन्त्रणा पत्र र उनीसँग गएका व्यक्तिहरूप्रति गम्भीर आशंकामा फिर्ता पठाइएको थियो ।
यसपछि चार जनालाई सँगै लिएर गएका मन्त्रीलाई जापानले ४८ घण्टा विमानस्थलमा राखेर फर्कायो । उनी टोकियो आर्ट काउन्सिलको आयोजनामा हुने ‘कल्चर एट होम’ कार्यक्रममा सहभागी हुन भन्दै कात्तिक १३ मा जापान उडेका थिए, तर औपचारिक अनुमति लिएका थिएनन् बरु पाँच जना असम्बन्धितलाई सँगै लिएर गएका थिए । फिर्ता आएका मन्त्री अधिकारी र अनिता तिमल्सिनालाई त्रिभुवन विमानस्थल अध्यागमनले सोधपुछपछि कागज गराएर छाडेको थियो भने अन्य ३ जनालाई प्रहरीको जिम्मा लगाइएको थियो, तीन जना पनि पक्राउ परेर अनुसन्धानमा छन् ।
प्रदेशका मन्त्रीले विदेश भ्रमण गर्दा संघीय मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्छ । तर, तत्कालीन मन्त्री अधिकारीले औपचारिक जानकारी नदिएको कोशी प्रदेश सरकारको दावी छ । बरु उनले अनिता तिमल्सिना, जनक राई, दाबा शेर्पा र कञ्चन देवकोटालाई सँगै लिएर गएका थिए । तर, उनीहरू मन्त्रालयसँग साइनो नभएका व्यक्ति थिए । मन्त्रीसँगै गएका चार जनाको कागजपत्र शंकास्पद देखिएपछि जापानको अध्यागमनले करिब ४८ घण्टा विमानस्थलमा राखेको थियो । मन्त्रीसहित पाँचै जनालाई क्याथे प्यासेफिकको उडान नम्बर ६०३ बाट काठमाडौं फर्काइएको थियो । अधिकारी र तिमल्सिनालाई त्रिभुवन विमानस्थल अध्यागमनले सामान्य सोधपुछपछि कागज गराएर छाडेको थियो ।
अधिकारीसहित पाँचै जनालाई जापानको अध्यागमनले फर्काइदिएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका एक अधिकृतले पुष्टि गरे । ‘जापान अध्यागमनले फर्काइदिएपछि उहाँहरू पाँचै जना कात्तिक १७ मा काठमाडौं आइपुग्नुभएको थियो । यात्रासँग सम्बन्धित कागजपत्रमा कैफियत देखिएको जानकारी पाएपछि हामीले थप अनुसन्धानका लागि प्रहरीलाई जिम्मा लगायौं,’ अध्यागमनका ती अधिकृतले भने ।
जापानबाट फर्काइएका ३ जनामाथि अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले थप तीन जनालाई पक्राउ गरेको छ । कार्यालयले उनीहरू ६ जनामाथि नै थप अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको छ । जापानबाट फर्काइएकामध्ये देवकोटा रसुवाको कालिका गाउँपालिका–५ घर भई मनमैंजु बस्दै आएका थिए । शेर्पा खोटाङको ऐंसेलुखर्क गाउँपालिका–२ घर भई बूढानीलकण्ठ–११ र खोटाङकै केपिलासगढी गाउँपालिका–४ घर भएका राई बूढानीलकण्ठ–११ बस्थे ।
अनुसन्धानका क्रममा भने नुवाकोटको विदुर नगरपालिका–७ घर भई सामाखुशी बस्ने जुगल रिजाल, दोलखाको जिरी नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने वीरबहादुर सुनुवार, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ घर भई चन्द्रागिरि नगरपालिका–८ बस्ने महेश पाण्डे समातिएका छन् । मानव तस्करीमा मुछिएपछि मन्त्रीबाट राजीनामा दिएका अधिकारीले भने मानव तस्करको गिरोहले आफूलाई प्रयोग गर्न खोजेको दाबी गरेका छन् । मानव तस्करले प्रयोग गर्न खोजेको थाहा पाएपछि विमानस्थलबाटै फर्किएको उनको दावी थियो । उनी ०८५८३२९४ राहदानी नम्बरबाट जापान गएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार