ललितपुरको भैँसेपाटीमा मैत्री योग स्टुडियोको उद्घाटन
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार १२:४५:५६
२२ कात्तिक, ललितपुर । ललितपुरको भैँसेपाटीमा मैत्री योग स्टुडियोको उद्घाटन गरिएको छ । नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले योग स्टुडियोको उद्घाटन गरेको हो ।
उक्त उद्घाटन समारोहमा मन्त्री पौडेलसहित ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य, ललितपुर महानगरपालिका वडा नं. १८ का वडाअध्यक्ष दामोदर खड्का, वडा नं. २५ का अध्यक्ष दौलत कुमार खत्री आदिको उपस्थिति रहेको थियो ।
समारोहमा सम्बोधन गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले योग गुरुहरूको प्रवचन र योग जागरणमार्फत नेपालमा योगलाई स्वास्थ्य जीवन बनाउने उर्जाको रुपमा ग्रहण गर्नुपर्ने बताए । उनले स्वस्थ मन र स्वस्थ शरीरका लागि सबैले आफैंले समय छुट्याउनुपर्ने तथा स्वस्थ समाज निर्माणमा सहयोग पुर्याउनुपर्नेमा जोड दिए ।
मन्त्री पौडेलले पछिल्लो समय समाजमा विरोधमा रमाउने प्रवृत्तिलाई सिर्जना भएकोले ध्यान र योगमार्फत स्वस्थ आलोचनामा सहभागी हुने शक्ति मिल्ने भनाई राखे ।
ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्यले ध्यान र योग भनेको आफूले आफूलाई बुझ्ने चिन्ने विषय भएको बताइन् । योग र ध्यान अरूलाई अह्राएर गर्न नमिल्ने भएकोले दैनिक कम्तीमा आधा घण्टाको समय आफ्नै लागि छुट्याउनुपर्नेमा उनको जोड थियो । उपप्रमुख शाक्यले मनलाई ध्यान र योगले शुद्ध गर्न सहयोग पुग्ने र यसले परिवारलाई समेत स्वस्थ राख्न सहयोग पुर्याउने भाव व्यक्त गरिन् ।
करिब ५० जनाले योग गर्न सकिने उक्त स्टुडियोमा नियमित रुपमा बिहान, दिउँसो र साँझको समयमा योग अभ्यास र प्रशिक्षण गरिने उक्त स्टुडियोका सञ्चालक ज्ञानभक्त डंगोलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडा. ओम फाउन्डेसनद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
कात्तिक २२, २०८१ बिहिबार
सन् २०५० सम्ममा क्यान्सरका बिरामी र मृत्यु दर तीन गुणाले बढ्ने
कात्तिक २१, २०८१ बुधबार
नेपालमा डेङ्गी सङ्क्रमण घट्दै
कात्तिक २१, २०८१ बुधबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
२७९ इलेक्टोरल भोट कटाएर ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित, आधिकारिक घोषणा गरिँदै
कात्तिक २१, २०८१ बुधबार
उपनिर्वाचनका उम्मेदवारहरुलाई सघाउन र सहजीकरण गर्न कांग्रेसका १० नेताले पाए जिम्मेवारी
कात्तिक २२, २०८१ बिहिबार
बिश्व बैंकको ७२ अर्ब सहयोगमा बन्न लागेको पाँच आयोजना फास्ट ट्रयाकबाट सम्पन्न गरिने
कात्तिक २१, २०८१ बुधबार
फिल्म ‘अग्नीदहन’ को ट्रेलर सार्वजनिक
कात्तिक २२, २०८१ बिहिबार
स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टिम
कात्तिक २२, २०८१ बिहिबार
शाहरुखले पुरा गरे आफ्नो घर अगाडी ९५ दिनदेखि पर्खिरहेका फ्यानको सपना
कात्तिक २२, २०८१ बिहिबार
खोकनाका किसानलाई धान भित्र्याउन चटारो [ फोटो फिचर ]
कात्तिक २२, २०८१ बिहिबार
गाजामा पाँच लाखभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइयो
कात्तिक २२, २०८१ बिहिबार
प्लाष्टिकका सामग्रीले पुर्ख्यौली पेसा सङ्कटमा
कात्तिक २२, २०८१ बिहिबार