नेपालले कुवेतलाई दियो १३१ रनको लक्ष्य
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार १३:१०:५८
२२ कात्तिक, काठमाडौं । यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १३१ रनको विजयी लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको हो ।
नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३४ रन बनाएकी छन् भने साना प्रविनले २५ रन र ज्योत्सिका मरासिनीले २३ रन बनाएकी हुन् ।
प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । कुवेत भने पहिलो खेलमा आयोजक यूएईसँग पराजित भएको थियो ।
छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार