मुलुकलाई अस्थिरताबाट बचाउन कांग्रेस-एमालेको सरकार
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार १३:२२:१
२२ कात्तिक, स्याङ्जा । २२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले पटक—पटक सरकार फेरिरहने अस्थिरताबाट बचाउन कांग्रेस-एमाले मिल्नुपरेको बताएका छन् । स्याङ्जाको वालिङमा कांग्रेससका कार्यकर्ताहरुको भेटघाट कार्यक्रममा कांग्रेस नेता श्रेष्ठले मुलुकलाई अस्थिर सरकारबाट बचाउन कांग्रेस-एमाले एक ठाउँमा उभिनु परेको बताएका हुन् ।
मुलुकको वर्तमान राजिनीतिक अवस्था र सरकारले गरेका कामको जानकारी दिन आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेस नेता श्रेष्ठले देशको स्थिरताका लागि कांग्रेस-एमाले मिलेर सरकार बनाउनु परेको बाध्यात्मक अवस्थाका बारेमा जानकारी दिए ।
कांग्रेस र एमालेबाट बनेको सरकार आगामी निर्वाचन सम्म रहने बताउँदै कांग्रेस नेता श्रेष्ठले यो सरकार बनेपछि सहकारीहरू ठगी गर्ने कारवाहीको दायरमा आएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताहरूको व्यवहार राम्रो नभएको भन्दै नेता श्रेष्ठले आफ्ना नेताहरू पक्राउ पर्दा आफूहरूले कहिले पनि विरोध नगरेको उल्लेख गरे ।
आरोप लागेपछि अनुसन्धान गर्न पाउनु पर्छ कांग्रेस नेता श्रेष्ठले भने,‘दोषी भए रास्वपाका सभापति रवि लामिछानेलाई कारबाही हुन्छ ।’ अनुसन्धानमा दोसी नदेखिए लामिछानेले सफाई पाउछन्, यसका लागि सडक आन्दोलन गरेर अनुसन्धानलाई प्रभावित बनाउन पाइँदैन श्रेष्ठले भने ।
रास्वपाले आन्दोलनका नाममा राष्ट्रिय झण्डाको दुरुपयोग गरेको समेत श्रेठले आरोप लगाएका छन् । रास्वपाले गरेको आन्दोलनमा राष्ट्रिय झण्डाको दुरुपयोग हुँदा सरकार मौन बस्न नहुने समेत तर्क पेश गरेका छन् । सडकमा आन्दोलन गरेर सहकारीको रकम अपचलन गर्ने व्यक्तिहरूले छुटकारा पाउँछन् भन्ने दिवा सपना नदेख्न रास्वपाका नेता तथा कार्यकर्ताहरूलाई श्रेष्ठले चेतावनी दिए । दोहोरो नागरिकता, पास्पोर्ट र सहकारीको रकम अपचलनमा रास्वपाका सभापति लामिछाने माथी आरोप लागेपनि छानबिनमा सघाउनुपर्नेमा झनै सडक आन्दोलन गरेर भ्रष्टाचारलाई जोगाउने प्रयत्न गरेको श्रेष्ठको आरोप छ ।
नेपाली कांग्रेस अब एक्लै चुनाव लड्ने घोषणा गरिसकेकोले आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत बनाउने गरी लाग्न श्रेष्ठले कांग्रेसका कार्यकर्तालाई आग्रह गरे । पार्टीको निर्वाचनमा समुहको लडाई भएपनि आम निर्वाचनमा भने कांग्रेस एकजुट हुनुपर्ने कांग्रेस नेता श्रेष्ठको भनाई थियो ।
कार्यक्रममा कार्यकर्ताहरुले नेतृत्वबाट नै गुटगतको राजनीति अन्त्य हुनुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा स्याङ्जा क्षेत्र नम्वर २ का सभापति दिलिपप्रताप खाँण, क्षेत्र नम्वर २ को प्रदेश (ख) का सभापति तथा प्रदेश सांसद महेश भट्टराई, क्षेत्रीय सचिव फणिनारायण रेग्मीले काँग्रेसलाई विकास सगँ जोड्नुपर्नेमा जोड दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
पुष ९, २०८१ मंगलबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार