इन्सपेक्टर शाही जोडिएको घटनामा उच्चअधिकारी मुछिएपछि सीआईबीले थाल्यो अनुसन्धान
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार १३:३०:१२
२२ कात्तिक, काठमाडौं । भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रहरी निरीक्षक बिनुकुमारी शाही जोडिएको ‘हनी ट्रयाप’ प्रकरणको अनुसन्धान सीआईबीले सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले यो घटनामा एसपीसम्म मुछिन पुगेपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई घटना अनुसन्धानको जिम्मा दिएको हो । ललितपुर प्रहरीका अनुसार बुधबार अनुसन्धानका लागि पक्राउ परेका चारै जना सीआईबीको जिम्मा लगाइएको छ ।
बलात्कार मुद्दामा फसाई दिने भन्दै भैसेपाटी प्रभागकी इन्सपेक्टर शाहीसँग मिलेर एक व्यवसायीसँग ३० लाख असुली गरेको घटना विस्तारै प्रहरीका माथिल्ला अधिकारीसम्म पुगेको थियो । सुरुमा घटनाको विषयमा छानबिन समितिसमेत गठन भएको थियो । डीएसपी नरहरि अधिकारीको नेतृत्वमा समिति गठन गरी छानबिन अघि बढाइएको थियो । पछि नेपाल प्रहरीका एसपी कमल थापामाथि पनि अनुसन्धान गर्नुपर्ने देखिएपछि प्रहरी प्रधान कार्यालयले थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मेवारी दिएको हो ।
एक जना व्यापारीलाई बलात्कारको मुद्दामा फसाउने भन्दै ३० लाख असुली गरेको घटनामा सुष्मा विक, ताज मुल इस्लाम, भीमादेवी थापा र प्रहरी सहायक हवल्दार महेन्द्र हमाल प्रहरीको हिरासतमा छन् । उनीहरूमाथि आपराधिक लाभ लिन नहुने कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । संगठित अपराधमा प्रहरीले प्रतिवादीहरूलाई एक महिनाभन्दा बढी समय लगाएर अनुसन्धान गरिसकेको छ ।
अनुसन्धानकै क्रममा प्रहरी प्रभाग भैंसेपाटीमा इन्चार्ज हुँदा घटना भएको खुलेपछि प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई निलम्बन गरी पक्राउ पुर्जी जारी गरिएको थियो । तर उनी अझै फरार नै छन् । अनुसन्धानकै बीच एसपी कमल थापा समेतको नाम जोडिएको छ । प्रहरीका सिनियर अधिकारीसमेत जोडिएको र अन्तरजिल्लाको समेत घटना जोडिएपछि ललितपुर प्रहरीले सीआईबीलाई अनुसन्धान गर्ने जिम्मा दिएको हो ।
प्रहरीका अनुसार एसपी थापा जिल्ला प्रहरी कार्यालय सुनसरीमा रहँदैबाट इस्माइलसँग परिचित थिए । अनुसन्धानका क्रममा एसपी थापाको स्माइलसँग पटकपटक भेटघाट र कुराकानी हुने गरेको समेत भेटिएको थियो । प्रहरी प्रधान कार्यालयले गरेको जाँचमा पनि केही नयाँ तथ्यहरू खुलेका छन् । आरोपी इस्लामको समूहले एक जना युवती प्रयोग गरेर पूर्वका व्यवसायीसँग बलात्कारको मुद्दा लगाइदिने भन्दै बार्गेनिङ गरेको थियो । प्रहरी समेतको उपस्थितिमा ६० लाख रुपैयाँबाट बार्गेनिङ सुरु भएपनि अन्तिममा ३० लाखमा सहमति गरेको अनुसन्धानबाट खुलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआठ डीआईजीका लागि दर्जन एसएसपीहरु प्रतिस्पर्धामा
कात्तिक २२, २०८१ बिहिबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
२७९ इलेक्टोरल भोट कटाएर ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित, आधिकारिक घोषणा गरिँदै
कात्तिक २१, २०८१ बुधबार
उपनिर्वाचनका उम्मेदवारहरुलाई सघाउन र सहजीकरण गर्न कांग्रेसका १० नेताले पाए जिम्मेवारी
कात्तिक २२, २०८१ बिहिबार
बिश्व बैंकको ७२ अर्ब सहयोगमा बन्न लागेको पाँच आयोजना फास्ट ट्रयाकबाट सम्पन्न गरिने
कात्तिक २१, २०८१ बुधबार
फिल्म ‘अग्नीदहन’ को ट्रेलर सार्वजनिक
कात्तिक २२, २०८१ बिहिबार
स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टिम
कात्तिक २२, २०८१ बिहिबार
शाहरुखले पुरा गरे आफ्नो घर अगाडी ९५ दिनदेखि पर्खिरहेका फ्यानको सपना
कात्तिक २२, २०८१ बिहिबार
खोकनाका किसानलाई धान भित्र्याउन चटारो [ फोटो फिचर ]
कात्तिक २२, २०८१ बिहिबार
गाजामा पाँच लाखभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइयो
कात्तिक २२, २०८१ बिहिबार
प्लाष्टिकका सामग्रीले पुर्ख्यौली पेसा सङ्कटमा
कात्तिक २२, २०८१ बिहिबार