कांग्रेसले टुंग्यायो नलगाड नगरपालिकाको उपप्रमुख र ग्रामथान गाउँपालिका अध्यक्षको उम्मेदवार
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार १७:१०:१
२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदको उम्मेदवार टुंगो लगाएको छ । मोरङको ग्रामथानको अध्यक्षमा बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस मोरङ संसदीय समितिको बैठकले सरदारलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । अध्यक्षका लागि १३ जना आकांक्षी थिए ।
बिहीबार बसेको समितिको बैठकले पालिकाको अध्यक्षमा सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका जिल्ला उपसभापति भक्तिनाथ माझीले जानकारी दिए । टिकटको टुंगो लगाउन कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूको संयोजकत्वमा १३ सदस्यीय संसदीय समिति बनाइएको थियो ।
मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्षका निम्ति पनि उपनिर्वाचन हुँदै छ । पालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधनपश्चात् उक्त पद रिक्त छ । ०८१ असार ३ गते उनको निधन भएको थियो । स्थानीय तह निर्वाचनमा कांग्रेसका गच्छदार निर्वाचित भएका थिए । उनले सात हजार ६०५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ मत ल्याएका थिए । उनीहरूबीचको मतान्तर एक हजार ५१२ थियो ।
त्यहाँ माओवादी केन्द्रका विजयकुमार सरदारले दुई हजार ७२७, राप्रपाका पखुलाल विश्वासले ४४७, एकीकृत समाजवादीका राकेश चौधरीले १३९ मत पाएका थिए । यस्तै, जनमत पार्टीका उमेदवार पञ्चनारायण चौधरी थारुले ९८, नेपाल नेमकिपाका मनोजकुमार चौधरीले चार मत प्राप्त गरेका थिए ।
यस्तै कांग्रेसले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदको उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस कर्णाली प्रदेश समितिको बिहीबारको बैठकले इन्द्रा चन्द सिंहलाई उपप्रमुख उम्मेदवार बनाउने निर्णय गरेको हो । जिल्ला कार्यसमितिले सिंहको नाम मात्रै सिफारिस गरेर प्रदेशमा पठाएको थियो ।
प्रदेश संसदीय समितिले उपप्रमुख उम्मेदवार सिंहलाई बनाउने निर्णय गरेको प्रवक्ता दमन शाहीले जानकारी दिए । नलगाडका उपप्रमुख सरिता सिंहको २०८० कात्तिक १७ गतेको भूकम्पमा परेर मृत्यु भएको थियो । सरिता कांग्रेसबाटै उम्मेदवार भएर उपप्रमुख विजयी भएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित
माघ १३, २०८१ आइतबार
कोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
माघ ९, २०८१ बुधबार
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
माघ ७, २०८१ सोमबार
काठेखोला गाउँपालिकाद्वारा निःशुल्क स्वास्थ्य बिमा
माघ १८, २०८१ शुक्रबार
मकवानपुरमा रुखले च्यापिँदा बालकको मृत्यु
माघ १८, २०८१ शुक्रबार
आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
माघ १८, २०८१ शुक्रबार
लेबनानको आर्थिक सुधारमा विश्व बैंकको प्रतिबद्धता
माघ १८, २०८१ शुक्रबार
मुक्कुम्लुङका अभियन्ता भन्छन् : विकासका अवधारणा परिवर्तन गरौँ
माघ १८, २०८१ शुक्रबार
एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा, पतिसँग अंश र माना चामल नलिने
माघ १८, २०८१ शुक्रबार