इजरायलद्वारा लेबनानस्थित हिजबुल्लाहको मुख्य गढमा आक्रमण
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार १८:१२:२
२२ कात्तिक, बेरुत, लेबनान । इजरायलले लेबनानको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको क्षेत्रमा छापा मार्दै बिहीबार दक्षिण बेरुतस्थित हिजबुल्लाहको मुख्य गढमा हवाई आक्रमण गरेको छ । हिजबुल्लाहले इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सैन्य अड्डालाई लक्षित गरी क्षेप्यास्त्र प्रहारसहित इजरायलमाथि धेरै आक्रमण गरेको दाबी गरेपछि छापा मारेको हो ।
स्वास्थ्य मन्त्रालयले बुधबार पूर्वी लेबनानको बेका उपत्यका र हिजबुल्लाहको प्रभुत्व रहेको घना जनसङ्ख्या भएको प्राचीन सहर बालबेकमा इजरायली आक्रमणले ४० जनाको ज्यान गएको जनाएको छ । गत सेप्टेम्बरको अन्त्यदेखि हिजबुल्लाह र इजरायल कडा युद्धमा छन् भने इजरायलले गाजामा हमाससँग लड्दै उत्तरी सीमा सुरक्षित गर्न तल्लिन छ ।
बेरुत विमानस्थल नजिकै भएको आक्रमणले एउटा हिटर कारखानाको गोदामलाई ठुलो क्षति पुरÞ्याएको एएफपीले जनाएको छ । यातायातमन्त्री अलि हामेले विमानस्थलको परिसरसहित केही भवनहरूमा सामान्य क्षति भएता पनि विमानस्थल सामान्य रूपमा सञ्चालन भइरहेको र विमानहरू उडान र अवतरणमा कुनै समस्या नभएको बताएका छन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विजय नभएसम्म हमास र हिजबुल्लाहसँग लड्ने वाचा गरेका छन् । बुधवार अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पसँग कुरा गर्दै उनले इरानले द्वन्द्वमा थप खतरा उत्पन्न गरेको बताएका छन् ।
प्रधानमन्त्री नेतान्याहुले ट्रम्पलाई चुनावी विजयका लागि बधाई दिँदै इजरायलको सुरक्षाका लागि मिलेर काम गर्न सहमत भएको नेतान्याहुको कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजामा पाँच लाखभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइयो
कात्तिक २२, २०८१ बिहिबार
अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने
कात्तिक २२, २०८१ बिहिबार
ट्रम्पले जितेपछि इरानको प्रतिक्रिया- 'ह्वाइटहाउसमा जो आएपनि हामीलाई कुनै फरक पर्दैन'
कात्तिक २२, २०८१ बिहिबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
उपनिर्वाचनका उम्मेदवारहरुलाई सघाउन र सहजीकरण गर्न कांग्रेसका १० नेताले पाए जिम्मेवारी
कात्तिक २२, २०८१ बिहिबार
लिलाबल्लभ अधिकारीः कोशीमा कानुनमन्त्री भएर छिरे, निस्कदा मानव तस्कर कहलिए
कात्तिक २२, २०८१ बिहिबार
इन्सपेक्टर शाही जोडिएको घटनामा उच्चअधिकारी मुछिएपछि सीआईबीले थाल्यो अनुसन्धान
कात्तिक २२, २०८१ बिहिबार
पोखरा विमानस्थलमा आठौं पटक अन्तर्राष्ट्रिय उडान
कात्तिक २२, २०८१ बिहिबार
हिमाली जिल्लामा पनि छठ पर्व मनाइयो
कात्तिक २२, २०८१ बिहिबार
मकवानपुरमा करेन्ट लागेर एक सैनिकको मृत्यु, २ जना घाइते
कात्तिक २२, २०८१ बिहिबार
इजरायलद्वारा लेबनानस्थित हिजबुल्लाहको मुख्य गढमा आक्रमण
कात्तिक २२, २०८१ बिहिबार
कोशीका पूर्वमन्त्री अधिकारीसँग जापान हिँडेका व्यक्तिले १० देखि १३ लाखसम्म बुझाएको खुलासा
कात्तिक २२, २०८१ बिहिबार
राप्रपाले दियो यी नेतालाई उपनिर्वाचनको जिम्मेवारी
कात्तिक २२, २०८१ बिहिबार