दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार २०:४०:२९
२२ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेश सभाका सांसद एवं पूर्वमन्त्री रहेका दिपक मनाङेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । कात्तिक २० गते (मंगलबार) सर्वोच्च अदालतले उच्च अदालतको आदेश सदर गरे सँगै पाँच वर्ष कैद सजाय हुने भएपछि मनाङे मंगलबारबाटै ‘फरार’ छन् ।
उनी हाल सम्पर्कविहीन रहेका छन् । अहिले मनाङे पक्राउका निम्ति प्रहरीका तीन युनिट सक्रिय भएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, जिल्ला प्रहरी परिसर, भद्रकाली र जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीलाई प्रहरी प्रधान कार्यालयले उनको खोजीकार्यका निम्ति निर्देशन दिएको छ ।
उनी छिट्टै पक्राउ पर्ने केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले बताए । फैसलाको संक्षिप्त पाठ माग गरेको र त्यो हात पर्ने बित्तिकै पक्राउ गरिने कार्कीले बताए । प्रधान कार्यालयको निर्देशन पाउनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार नै सर्वोच्च अदालतमा उक्त मुद्दाको संक्षिप्त आदेश माग गर्दै पत्राचार गरेको छ ।
मनाङे मुख्य योजनाकार रही २०६१ वैशाख २१ गते चक्रे मिलन नामले चिनिने गुण्डानाइके मिलन गुरुङमाथि धारिलो हतियार प्रहार भएको थियो । घटनापछि गुरुङपत्नी इन्दिराले दिएको जाहेरीका आधारमा उनीमाथि कुटपिटको मुद्दा चल्यो । सोही मुद्दा २० वर्षदेखि चल्दै आएको हो ।
पहिला कुटपिटको महलमा चलेको उक्त मुद्दामा मनाङे पहिलोपटक २४ र अर्कोपटक ८ महिना थुनामा रहिसकेका छन् । पछि सोही घटनलाई ज्यान मार्ने उद्योगका रुपमा उच्च अदालतले स्वीकार गरेपछि पाँच वर्ष कैद तोकिएको थियो । अब मनाङेले कानुनतः २८ महिनाको कैद मुक्तान गर्न बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ
मंसिर ८, २०८१ शनिबार
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार