पर्यटन बोर्डको नेतृत्वमा लन्डनको डब्लयूटीएममा नेपालको सहभागिता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार १०:५१:५२
२३ कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले लन्डनमा आयोजना गरिएको “वल्र्ड ट्राभल मार्केट २०२४ (डब्ल्यूटीएम) मा सहभागिता जनाएको छ ।
२०८१ कार्तिक २० देखि २२ गते ९ ५–७ नोभेम्बर २०२४० सम्मका लागि तय गरिएको वल्र्ड ट्राभल मार्केट–२०२४ मा नेपालले साहसिक यात्रा, सांस्कृतिक विविधता, र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यको रूपमा आफ्नो उपस्थिति जनाउँदै गर्दै विश्व पर्यटन उद्योगको ध्यान आकर्षित गरेको छ । नेपाल पर्यटन बोर्डले गौरवपूर्वक आफ्नो ४० वर्षको सहभागिता वर्षको उत्सव मनाउँदै, विश्व पर्यटन क्षेत्रमा लामो समयदेखिको योगदानलाई निरन्तरता दिएको हो ।
१८४ देशहरूबाट ४३ हजार सहभागीहरू, ३ हजार ८७५ प्रदर्शकहरू सहभागी , डब्ल्यूटीएममा ८२ वटा सम्मेलन सत्रहरू आयोजना गरिएको थियो । हालै लोन्ली प्लानेटद्वारा २०२४ का लागि बेस्ट इन ट्राभल गन्तव्यका रूपमा घोषित भएपछि, यस वर्ष डब्लयूटीएममा नेपालको उपस्थिति थप महत्वपूर्ण बनेको छ । यसले विश्वभरका यात्रुहरू र पर्यटन व्यवसायीसामु नेपालको अनौठो सम्पदाहरुलाई प्रस्तुत गर्ने महत्तवपूर्ण अवसर प्रदान गरेको छ ।
वल्र्ड ट्राभल मार्केटमा नेपालको सहभागिताले नेपाललाई उच्च सम्भावनायुक्त बजारसँग प्रत्यक्ष संलग्न हुन सघाउने र यसले नेपाललाई शीर्ष अन्तर्राष्ट्रिय गन्तव्यहरूको साथ उभ्याउने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बताए । उनले नेपालको यो सहभागिताले नयाँ व्यवसायिक अवसरहरू विकास गर्दै, हाम्रो समृद्ध संस्कृति, अनुपम प्राकृतिक दृश्य, र पर्यावरणमैत्री पर्यटनमा रुचि राख्ने वातावरणीय सजग यात्रुहरूसँग सम्बन्ध स्थापित गर्ने अनौठो अवसर प्रदान गर्ने समेत बताए ।
“लोन्ली प्लानेटले नेपाललाई बेस्ट इन ट्राभल गन्तव्यका रूपमा सम्मानित गरेको छ । लोन्ली प्लानेटको यो मान्यताले नेपालको पर्यटन सेवाहरूलाई थप विश्वसनीयता प्रदान गर्दै, प्रतिस्पर्धी गन्तव्यहरूबाट यसलाई अलग बनाउँछ । डब्ल्यूटीएममा नेपालको सहभागिताले देशका अनुपम परिदृश्यहरू प्रख्यात हिमालदेखि प्राचीन सांस्कृतिक स्थलहरूलाई समेटेको छ । यसले आगन्तुकहरूलाई नेपाली सम्पदाका विशिष्ट तत्वहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर दिएको छ ।” कार्यकारी प्रमुख जोशीले भने ।
नेपाल विश्वका लागि नेपाल आकर्षक गन्तव्यका रूपमा रहिरहेको सन्दर्भमा नेपाललाई साहसिक यात्रा, अध्यात्म, र सम्पदाको संयोजनको गन्तव्यका रुपमा थप परिचित र बलियो छवी बनाउने कार्यमा यो सहभागिताले महत्वपूर्ण भूमिका खेल्ले अपेक्षा गरिएको कार्यकारी प्रमुख जोशीले भने । नेपालबाट डब्ल्यूटीएमा विभिन्न ट्रावल कम्पनीहरु, होटल, रिर्सोटहरु सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै दाङको धारापानी
मंसिर ४, २०८१ मंगलबार
मंसिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
सहारा सहकारी ठगीमा संलग्न भएको भन्दै रवि लामिछानेविरुद्ध चितवनमा पनि पर्यो उजुरी
मंसिर ५, २०८१ बुधबार
१७ प्रतिशतले बढेर ३ खर्ब २३ अर्ब २४ करोड उठ्यो राजस्व, सिस्टम ब्रेक गरे कारबाही
मंसिर ६, २०८१ बिहिबार
विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
मनुङकोटमा आन्तरिक पर्यटकको चहलपहल
मंसिर ६, २०८१ बिहिबार
३१ अंकले घटेर २७०० तल झर्यो नेप्सेः सबै सूचक घटे, ८ अर्ब २५ करोडमाथि भयो करोबार
मंसिर ६, २०८१ बिहिबार
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार