ट्रम्पविरुद्धका आपराधिक मुद्दा के हुन्छन् ?
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार १०:५५:४१
२३ कात्तिक, काठमाडौं । अमेरिकामा डोनाल्ड ट्रम्पले चुनाव जितेपछि उनीविरुद्ध लागेका धेरै आपराधिक मुद्दाहरू के हुन्छ भन्ने प्रश्न उठेको छ । ३४ कानुनी मुद्दा रहेका ट्रम्पले मुख्यगरी चार मुद्धाको प्रमुख रुपमा सामना गर्नुपर्ने विश्लेषण गरिएको छ ।
डोनाल्ड ट्रम्पलाई न्यूयोर्कमा ३४ गम्भीर मुद्दामा दोषी ठहर गरिएको छ । यो मामला व्यापारसंग सम्बन्धित अभिलेखको मिथ्याकरणसंग सम्बन्धित छ ।
मे महिनामा न्युयोर्कका निर्णायकहरूले ट्रम्पलाई दोषी ठहर गरेका थिए । यो मामला एक पोर्न फिल्म स्टारलाई भुक्तान गरिएको पैसासँग सम्बन्धित थियो। जूरीका अनुसार ट्रम्प यस भुक्तानी प्रक्रियामा संलग्न थिए ।
न्यूयोर्कका न्यायाधीश जुआन मार्चेनले ट्रम्पको सजाय सेप्टेम्बरदेखि नोभेम्बर २६ सम्म ९अमेरिकी राष्ट्रपति चुनावपछि० स्थगित गरेका थिए ।
ब्रुकलिनका पूर्व अभियोजक जुलिया र्यान्डलम्यानले ट्रम्पले चुनाव जितेपनि न्यायाधीश मार्चेनले आफ्नो योजनाअनुसार सजायको प्रक्रिया अगाडि बढाउन सक्ने बताएकी थिइन् ।
कानुनी विशेषज्ञहरू विश्वास गर्छन्, ट्रम्पलाई पहिलो पटक वरिष्ठ अपराधीका रूपमा सजाय सुनाइने सम्भावना धेरै कम छ ।
यदि ट्रम्पलाई सजाय सुनाइयो भने उनका वकिलहरूले तुरुन्तै सजाय विरुद्ध अपील गर्न सक्छन् किनभने यदि ट्रम्पलाई जेल पठाइयो भने, उनले आफ्नो आधिकारिक काम गर्न सक्षम हुनेछैनन् । यस्तो अवस्थामा उनीहरुलाई स्वतन्त्र राख्नुपर्छ । त्यस्तै यो अपील प्रक्रिया धेरै वर्षसम्म लम्बिन सक्ने पनि बताइएको छ ।
चुनावी परिणाम उल्टाउन खोजेको विषय
विशेष काउन्सिल ज्याक स्मिथले गत वर्ष ट्रम्पविरुद्ध आपराधिक अभियोग दायर गरेका थिए । यो मुद्दा २०२० को राष्ट्रपति चुनाव हारे पछि चुनावको नतिजा उल्ट्याउन गरिएको प्रयाससँग सम्बन्धित थियो । यस मामिलामा ट्रम्पले आफूलाई निर्दोष घोषणा गरेका थिए । त्यसयता यो मुद्दा कानुनी घेराबन्दीमा अड्किएको छ ।
यद्यपी ट्रम्पले चुनाव जितेपछि, आपराधिक मुद्दाहरूसँगको उनको समस्या धेरैहदसम्म कम भएको छ । वर्तमान राष्ट्रपतिविरुद्ध मुद्दा चलाउन नसकिने कुरा राम्रोसँग स्थापित भइसकेको छ, यस्तो अवस्थामा वाशिङटन डिसीको जिल्ला अदालतमा चलिरहेको चुनावी धाँधलीसँग सम्बन्धित मुद्दा खारेज हुने पनि बताइएको छ ।
गोप्य कागजात मुद्दा
त्यस्तै ट्रम्पविरुद्ध अर्को मुद्दामा गोप्य कागजातको दुरुपयोगसँग सम्बन्धित छ । तर, ट्रम्पले यसलाई अस्वीकार गर्दै आएका छन् । ट्रम्पलाई आफ्नो घर ुमार(ए(लागोु मा संवेदनशील कागजातहरू राखेको आरोप छ र जब कानून विभागले ती फाइलहरू फिर्ता लिन खोजेपनि ट्रम्पले त्यो काममा अवरोध गरेका थिए ।
तर, अब ट्रम्प राष्ट्रपतिको कार्यालयमा पुग्ने निश्चित भइसकेपछि गोप्य कागजपत्रसम्बन्धी मुद्दाको पनि चुनावी धाँधलीसँग सम्बन्धित मुद्दा पनि निष्कृय हुने छ ।
जर्जियाको चुनाव समबन्धि आपराधिक प्रकरण
ट्रम्पले जर्जियामा पनि आपराधिक आरोपको सामना गरिरहेका छन्। यो विषय सन् २०२० को चुनावी नतिजालाई उल्ट्याउन खोज्ने प्रयाससँग सम्बन्धित छ । यस मामिलामा धेरै अवरोधहरू थिए । यसमा जिल्ला न्यायधिवक्ता फ्यानी विलिसलाई अयोग्य ठहराउने प्रयासहरू पनि समावेश छन्। उनीमाथि यो मुद्दामा कार्यरत एक वकिलसँग सम्बन्ध रहेको आरोप लागेको थियो ।
यस मामिलामा, मुद्दा रोक्न अदालतमा अपील पनि गरिएको छ । तर अब ट्रम्प अर्को राष्ट्रपति बनेपछि यो मुद्धा पनि निष्कृय हुनसक्ने बताइएको छ । यो खारेज समेत हुनसक्ने बताइएको छ । ट्रम्प राष्ट्रपतिको कार्यालयमा रहँदा यो मुद्दा रोकिने सम्भावना रहेको कानुनी विज्ञहरू बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार