जलवायु परिवर्तनको असर : २०२४ अहिलेसम्मकै तातो वर्ष हुने भविष्यवाणी
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार १०:५६:५२
२३ कात्तिक, काठमाडौं। जलवायु परिवर्तनको असर अहिले विश्वभर नै देखिन थालेको छ । यसैबीच युरोपको जलवायु परिवर्तन एजेन्सी कोपर्निकसले डरलाग्दो भविष्यवाणी गरेको छ । एजेन्सीले २०२४ रेकर्डमा सबैभन्दा तातो वर्ष हुने भविष्यवाणी गरेको हो । विज्ञप्तिमा औसत तापमान पूर्व-औद्योगिक स्तर भन्दा १.५ डिग्री सेल्सियस माथि हुने उल्लेख छ ।
कोपर्निकसले यस वर्षको अक्टोबर सबैभन्दा तातो भएपछि यो भविष्यवाणी गरेको थियो । नोभेम्बर ११ मा अजरबैजानको बाकुमा हुन लागेको संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनअघि कोपर्निकसको यो घोषणाले वैज्ञानिकहरूलाई चिन्तित बनाएको छ ।
संयुक्त राष्ट्रसंघको यस सम्मेलनमा विकसित देशहरूले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न सन् २०२५ देखि विकासोन्मुख देशहरूलाई आर्थिक सहायता उपलब्ध गराउन सहमत हुन सक्नेछन् ।
कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसका डेपुटी डाइरेक्टर सामन्था बर्गेसले भनिन्, 'सन् २०२४ को १० महिनापछि, २०२४ रेकर्डमा सबैभन्दा तातो वर्ष हुनेछ भन्ने निश्चित छ ।'
यो विश्वव्यापी तापमान वृद्धिको लागि नयाँ रेकर्ड हुनेछ र कोप २९ शिखर सम्मेलन अघि जलवायु परिवर्तन सम्बन्धी महत्त्वपूर्ण मुद्दा हुनुपर्छ ।
युरोपेली एजेन्सीका वैज्ञानिकहरूले गत महिना अक्टोबर २०२४ विश्वकै दोस्रो सबैभन्दा तातो अक्टोबर भएको बताएका थिए। यसअघि सन् २०२३ को अक्टोबर पनि निकै तातो थियो, जब सतहको हावाको औसत तापक्रम १५.२५ डिग्री सेल्सियसमा रेकर्ड गरिएको थियो, जुन सन् १९९१ देखि २०२० सम्मको अक्टोबरको औसत तापक्रमभन्दा ०.८० डिग्री सेल्सियस बढी थियो।
यति मात्र होइन, सन् २०२४ को पहिलो १० महिना (जनवरीदेखि अक्टोबर) मा विश्वको औसत तापक्रम सन् १९९१-२०२० को सोही अवधिको तुलनामा ०.७१ डिग्री सेल्सियसले बढी थियो । त्यस्तै, सन् २०२३ को जनवरी–अक्टोबरको तुलनामा यस वर्षको सोही अवधिमा तापक्रम ०.१६ डिग्री सेल्सियस बढी थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
के पुरुष र महिलामा हृदयघातका लक्षणहरू फरक हुन्छन् ?
पुष २, २०८१ मंगलबार
थाहा पाउनुहोस् अण्डालाई खाने तरिका के हो ?
मंसिर २६, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार