कोशीका मन्त्रीले मानव तस्करी गरे कि फन्दामा परे, प्रहरी भन्छः अनुसन्धान हुँदैछ, को हुन अनिता ?

नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार ११:५०:२

२३ कात्तिक, काठमाडौं । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी जापान जाँदा अन्य तीन जना पनि काठमाडौंबाट सँगै गएका थिए । अधिकारीले आफूसँगै जापान पुगेका तीन जनालाई हङकङमा भेटेको दाबी गरे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रेकर्डले चारै जना एउटै जहाजमा गएको देखिएको छ । उनीहरूमाथि शंका लागेपछि जापानको अध्यागमन कार्यालयले विमानस्थलबाटै फिर्ता गरिदिएको थियो । यसले निवर्तमान मन्त्री अधिकारीमाथि मानव तस्करीमा अनुसन्धान गर्नुपर्ने देखिन्छ । नेपाल प्रहरीले उनीहरूमाथि अनुसन्धान भइरहेको जनाएको छ ।
बुधबार पत्रकार सम्मेलनमा अधिकारीले आफूले अन्य तीन जनालाई हङकङ विमानस्थलमा भेटेको दाबी गरे पनि चारै जना एउटै उडानबाट गएका थिए । त्रिभुवन विमानस्थल स्रोतका अनुसार अक्टोबर २७ मा चारै जना फरक–फरक समय पारेर विमानस्थल प्रवेश गरे । तर उनीहरू क्याथे प्यासिफिककै एउटै उडानमा हङकङ हुँदै जापान पुगेका थिए । तर फर्कने बेलामा अनिता तिमल्सिना पनि सँगै थिइन । प्रहरीले मन्त्रीसँगै फर्केकी तिमल्सिना को हुन भन्ने खुलाएको छैन । उनलाई मन्त्रीले नै लिएर गएका हुन वा एक्लै गएर डिपोर्टमा परेकी हुन त्यस बारेमा बाहिर केही आएको छैन । महानगरीय प्रहरी अपराध अनुसन्धान कार्यालयले यो विषयमा पनि अनुसन्धान गरिरहेको छ ।
खोटाङ ऐँसेलुखर्क गाउँपालिकाको वडा सदस्यकाे परिचयपत्र बनाएका दावा शेर्पाले २७ तारिखमा राति करिब ८ बजेर १६ मिनेटमा अध्यागमन पार गरेको देखिएको छ । आन्तरिक मामिला मन्त्रालयको सहायक पदको परिचयपत्र बनाएका जनक राई र नुवाकोटका कन्चन देवकोटाले एकै साथ अध्यागमन पार गरेका थिए । विमानस्थल स्रोतका अनुसार मन्त्री अधिकारी भने करिब साढे ६ बजे नै पुगेका थिए । जाने टिकट, उड्ने जहाज र समय एउटै बनाएर मन्त्रालयको परिचयपत्रसमेत बोकेका व्यक्तिहरू मन्त्रीसँगै देखिएकाले हङकङमा भेटेको भन्नु गलत भएको अनुसन्धानमा संलग्न प्रहरीको दावी छ ।
२७ तारिखमा नेपालबाट उडान गरे पनि मन्त्रीसहित सबैलाई जापान अध्यागमनले नियन्त्रणमा लिएर ३० तारिखमा मात्रै फिर्ता गरिदिएको थियो । ४८ घण्टासम्म विमानस्थलमै नियन्त्रणमा राखेर फिर्ता गरिएकालाई जुन जहाजमा गएको हो, त्यसैमा फर्काइएको थियो । जापान अध्यागमनले नेपालको अध्यागमन कार्यालयलाई उनीहरुलाई फिर्ता गर्नुको कारण खुलाएरै पत्र लेखेको छ ।
पत्रमा मन्त्री अधिकारी र अन्य ३ जना जापान सँगै पुग्नु, अधिकारी सहभागी हुने तय भएको कार्यक्रम र साथमा रहेकाहरूको जापानमा तय कार्यक्रमबीच तालमेल नभएकाले शङ्कास्पद देखिएको पत्रमा खुलाइएको स्रोतको भनाइ छ । अधिकारीसँगै जापान पुग्ने तीन जना १५ दिनको भ्रमण भिसा लिएर गएका थिए । उनीहरुको भ्रमण भिसा रद्द गरे पनि कार्यक्रममा गएका भनिएका मन्त्रीलाई पनि सँगै फर्काउनुले मानव तस्करीमा साथ दिएको देखिएकाले अनुसन्धान गर्नुपर्ने प्रहरी अधिकृतहरूको भनाई छ ।
नक्कली परिचयपत्र बनाइदिएको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । यो समूहले जापानमा मानव तस्करीको ठूलै सञ्जाल चलाएको हुन सक्ने भएकाले विस्तृत अनुसन्धान गर्नुपर्ने दबाब बढेको हो । मन्त्रीसँगै गएर फिर्ता गरिएकाहरुले १० देखि १३ लाख बुझाएको खुलिसकेको छ । धादिङको त्रिपुरा–सुन्दरी गाउँपालिका– ६ का महेश पाण्डेलाई जनही १० लाखदेखि १३ लाख रुपैयाँका दरले रकम बुझाएको पक्राउ परेकाहरूले बयान दिएका छन् । उक्त रकम अधिकारी कहाँ पुगे–नपुगेको विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘जापानसम्म पुर्याउने, टिकटको व्यवस्था गर्ने, नक्कली कागजात बनाउने, भिसा उपलब्ध गराउनेसम्मको प्रयोजनका लागि महेशले युवाबाट प्रतिव्यक्ति १० देखि १३ लाख रुपैयाँका दरले रकम असुलेको देखिन्छ ।
यसको हिस्सा निवर्तमान मन्त्री अधिकारी कहाँ पुग्यो–पुगेन भन्ने विषयमा अनुसन्धान भइरहेको छ’, अनुसन्धानमा संलग्न रहेका एक प्रहरी अधिकारीले भने । अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले भने यो विषयमा अनुसन्धान भइरहेको बताए । ‘ अनुसन्धान हुँदैछ, केही दिनपछि परिणाम आउनेछ’, एसएसपी भट्टराईले भने । जापान जानका लागि मन्त्री अधिकारीको पासपोर्ट योगराज गौतम भनिने गोपाल गौतमले लिएका थिए । योगराज एमालेका मोरङका स्थानीय कार्यकर्ता हुन । विराटनगरका उनी अहिले भने सिंहदरबारभित्र सरसफाइ गर्ने प्रयोजनार्थ मजदुर वितरण गर्ने गर्छन् ।
मन्त्री अधिकारीलाई जापान जान उनले नै प्रस्ताव गरेका थिए । सोही प्रस्तावपछि मन्त्री अधिकारीले पासपोर्ट उनलाई दिएका थिए । प्रदेश सरकारको बिनाअनुमति जापान हिँडेका अधिकारी मानव तस्करीमा मुछिएपछि बुधबार नै मन्त्री पदबाट राजीनामा दिएका छन । अध्यागमन स्रोतका अनुसार अधिकारी टोकियो महानगरपालिकामा हुने सांस्कृतिक कार्यक्रममा भाग लिने तयारीमा थिए । तर, टोकियो विमानस्थलस्थित अध्यागमन कार्यालयले डिपोर्ट गर्ने निर्णय गरेपछि अप्ठ्यारोमा परेका थिए ।
१४ कात्तिकमै हङकङ हुँदै जापान पुगेका उनले कार्यक्रममा सहभागी हुन सक्दो प्रयास गरेका थिए । तर, असफल भएपछि उनी पुनः हङकङ फर्किएका थिए । त्यसपछि पनि उनले कार्यक्रममा सहभागी हुने कोसिस गरेको स्रोतको दावी छ । यो विषयमा एमालेको सचिवालय बैठकले उनीमाथि कारवाही गर्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
फागुन ८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी बढुवामा सकसः शक्ति केन्द्रको दवावमा जुनियर हावी, अलमलियो बढुवा समिति
फागुन ८, २०८१ बिहिबार
चलचित्र लाज शरणममाथि किन लगाइयो बन्देज ?
फागुन ७, २०८१ बुधबार
पृथ्वी राजमार्गको पूर्वी खण्डमा ७७ दशमलव सात प्रतिशत प्रगति
फागुन ८, २०८१ बिहिबार
ईशानेश्वर महादेव मन्दिर परिसर स्थित गौरीकुण्ड ओझेलमा
फागुन ८, २०८१ बिहिबार
हिन्द महासागर सम्मेलनमा सहभागी भएर फर्किइन् परराष्ट्रमन्त्री राणा
फागुन ८, २०८१ बिहिबार
कर वृद्धिले दुई देशबीच तनाव बढाइरहेका बेला चीनसँग ठूलो व्यापार सम्झौता गर्न अमेरिका तयार
फागुन ८, २०८१ बिहिबार
इरानमा सन् २०२४ मा ९७५ जनालाई मृत्युदण्ड
फागुन ८, २०८१ बिहिबार
पृथ्वी राजमार्गको पूर्वी खण्डमा ७७ दशमलव सात प्रतिशत प्रगति
फागुन ८, २०८१ बिहिबार
ईशानेश्वर महादेव मन्दिर परिसर स्थित गौरीकुण्ड ओझेलमा
फागुन ८, २०८१ बिहिबार
हिन्द महासागर सम्मेलनमा सहभागी भएर फर्किइन् परराष्ट्रमन्त्री राणा
फागुन ८, २०८१ बिहिबार
कर वृद्धिले दुई देशबीच तनाव बढाइरहेका बेला चीनसँग ठूलो व्यापार सम्झौता गर्न अमेरिका तयार
फागुन ८, २०८१ बिहिबार
इरानमा सन् २०२४ मा ९७५ जनालाई मृत्युदण्ड
फागुन ८, २०८१ बिहिबार
पृथ्वी राजमार्गको पूर्वी खण्डमा ७७ दशमलव सात प्रतिशत प्रगति
फागुन ८, २०८१ बिहिबार
ईशानेश्वर महादेव मन्दिर परिसर स्थित गौरीकुण्ड ओझेलमा
फागुन ८, २०८१ बिहिबार
हिन्द महासागर सम्मेलनमा सहभागी भएर फर्किइन् परराष्ट्रमन्त्री राणा
फागुन ८, २०८१ बिहिबार