रुपन्देही व्यापार संघको रजत महोत्सव, मानवसेवा आश्रममा आश्रीत २ सयलाई खाद्यान्न तथा न्यानो कपडा वितरण

नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार ११:४७:२३

चन्द्रकान्त खनाल
२३ रुपन्देही, कार्तिक । रुपन्देही व्यापार संघको रजत महोत्सव साताव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन विहिवार मानवसेवा आश्रम बुटवलको सुख्खानगर र तिलोत्तमाको पश्चिम पहुनीमा आश्रीत २ सय जनालाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको छ ।
तिलोत्तमाको पश्चिम पहुनीमा रहेको मानवसेवा आश्रममा आयोजित खाद्यान्न तथा न्यानो कपडा वितरण कार्यक्रमको शुभारम्भ तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण पानसमा बत्ति बालेर गरे ।
सो अवसरमा बोल्दै नगर प्रमुख खाणले मानवताको सेवा जिवनको सर्वोत्तम कार्य भएको बताउँदै समाजमा हराउँदै गएको मानव सेवाभावलाई जागृत गर्ने गरि आश्रममा रुपन्देही व्यापार संघले आयोजना गरेको सहयोगको कामले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
नगरप्रमुख खाणले खस्कदो आर्थिक अवस्थामा पनि आर्थिक सहयोगको झोला बोकेर संघसंस्थाहरू समाजमा सक्रिय रहेको हुँदा त्यसमा सहयोगी बनेर स्थानीय सरकार सबै साथमा रहने प्रतिवद्धता जनाए।
कार्यक्रममा संघका पूर्व अध्यक्ष मोतीलाल पाण्डेले मानव सेवा आश्रम सञ्चालनका लागि भएको कामको स्मरण गर्दै आश्रममा रहेर जिवन विताउदै गरेका दिनदुखीहरुलाई सेवा गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्नु भयो ।
संघका अध्यक्ष दिपकप्रसाद अधिकारीले संघले सामाजिक उत्तरदायीत्व अन्तरगत यस प्रकारका कार्यक्रमहरु आयोजना गरिदै आएको उल्लखे गर्दै भोलीका दिनमा पनि मानव सेवाआश्रममा जोडिएर काम गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा आश्रमकि प्रदेश संयोजक सरु अधिकारीले समाजका हरेक वर्गको माया, सहयोग र उत्प्रेरणाले आश्रितहरुको सेवा गर्न पाएको बताउँदै धेरै काम गर्न वाकि रहेको हुँदा सहयोगका हातहरू अगाडी बढाउन आग्रह गरे ।
संघका महासचिव फर्सुराम पन्थको सञ्चालन तथा कार्यक्रम संयोजक अर्जुन भट्टराईको स्वागतमा भएको कार्यक्रममा फेन्सी थोक वस्तुगत समिति, थान कपडा वस्तुगत समिति, व्याग वस्तुगत समिति र न्यूशिख होजियारी उद्योगको सहयोग र सहकार्य रहेको थियो ।
संघ यहि कात्तिक २८ गते संस्था स्थापना भएको २४ वर्ष पुरा भई २५ वर्षमा प्रवेश गर्दैछ । त्यस अवसरमा संघले यहि आज कात्तिक २२ देखि २८ गतेसम्म विभिन्न कार्यक्रम गरी रजत महोत्सव मनाउन लागेको छ ।
साताव्यापी कार्यक्रमको पहिलो दिन २२ गते विहिबार मानवसेवा आश्रम बुटवलको सुख्खानगर र तिलोत्तमाको पश्चिम पहुनीमा आश्रीत २ सय जनालाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको छ भने २३ गते शुक्रबार रुपन्देहीमा व्यापारको ईतिहास र वर्तमान, सम्भावना र चुनौती विषयमा अन्तरमाध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने ।
२४ गते शनिबार संघसंस्थाबीच मैत्रीपूर्ण फूटसल प्रतियोगिता तथा २५ गते आइतबार संघमा गठित वस्तुगत उपसमितिबिच मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता, २६ गते रक्तदान कार्यक्रम, २७ गते लुम्बिनी प्रादेशिक अस्पतालका विरामीलाई फलफूल वितरण गरिने कार्यक्रम रहेको छ ।
कार्तिक २७ गते प्रभातफेरी कार्यक्रम गरिने छ भने सोही दिन रुपन्देहीमा स्थानीय प्रदेश तथा संघीय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने प्रभाव विषयक गोष्ठी आयोजना गरिदैछ । रजत महोत्सव अन्तर्गतको मुल कार्यक्रम कार्तिक २८ गते मंगलबार आयोजना गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
फागुन ८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी बढुवामा सकसः शक्ति केन्द्रको दवावमा जुनियर हावी, अलमलियो बढुवा समिति
फागुन ८, २०८१ बिहिबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
फागुन ८, २०८१ बिहिबार
नेपाल राष्ट्र बैंकले बजारबाट कति खिच्यो पैसा ?
फागुन ८, २०८१ बिहिबार
चीनलाई ठूलो झट्का, टेस्लाले अब जर्मनीको कारखानाबाट कार आयात गर्ने
फागुन ८, २०८१ बिहिबार
मौद्रिक नीतिमा समस्याः ६० खर्ब कसरी खर्च गर्ने ?
फागुन ८, २०८१ बिहिबार
रेखा-पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई
फागुन ८, २०८१ बिहिबार
नवलपुर महोत्सवमा गुञ्जियो दीपक बज्राचार्य रिदम ब्याण्ड
फागुन ८, २०८१ बिहिबार
नेपाल राष्ट्र बैंकले बजारबाट कति खिच्यो पैसा ?
फागुन ८, २०८१ बिहिबार
चीनलाई ठूलो झट्का, टेस्लाले अब जर्मनीको कारखानाबाट कार आयात गर्ने
फागुन ८, २०८१ बिहिबार
मौद्रिक नीतिमा समस्याः ६० खर्ब कसरी खर्च गर्ने ?
फागुन ८, २०८१ बिहिबार
रेखा-पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई
फागुन ८, २०८१ बिहिबार
नवलपुर महोत्सवमा गुञ्जियो दीपक बज्राचार्य रिदम ब्याण्ड
फागुन ८, २०८१ बिहिबार
नेपाल राष्ट्र बैंकले बजारबाट कति खिच्यो पैसा ?
फागुन ८, २०८१ बिहिबार
चीनलाई ठूलो झट्का, टेस्लाले अब जर्मनीको कारखानाबाट कार आयात गर्ने
फागुन ८, २०८१ बिहिबार
मौद्रिक नीतिमा समस्याः ६० खर्ब कसरी खर्च गर्ने ?
फागुन ८, २०८१ बिहिबार