उमा गौरी सहकारी ठगी प्रकरणः राजनीतिक प्रभावले १० जनाविरुद्ध मात्रै जारी भयो पक्राउ पुर्जी

नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार १२:१८:२०

२३ कात्तिक, विराटनगर । रकम अपचलनमा मुख्य व्यक्ति भनेर आरोप लागेकी पूर्व सञ्चालक समिति सदस्य अञ्जला कोइरालाविरुद्ध पक्राउ पुर्जी जारी नभएपछि मोरङको धनपालथान–४ कर्सियामा रहेको उमा गौरी कृषि सहकारी संस्थाको रकम अपचलनका सम्बन्धमा जारी भएको पक्राउ पुर्जीमै राजनीतिकरण भएको देखिएको छ । प्रहरीले सहकारीका १० जनाविरुद्ध मात्र अदालतबाट पुर्जी लिएको छ ।
प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले अनुसन्धानका लागि सिफारिस गरेका व्यक्तिलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिने क्रममा सहकारीको रकम अपचलनको अनुसन्धानका लागि अध्यक्षसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । यसलाई सहकारी पीडितहरूले राजनीतिक चलखेल भएको बताएका छन् । रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी पूर्व सञ्चालक समिति सदस्य अञ्जला कोइरालाविरुद्ध भने पक्राउ पुर्जी जारी नभएपछि पीडितहरूले नेकपा एमालेका नेताहरूले अनुसन्धान प्रभाव पार्न सुरु गरेको बताएका छन् ।
मुख्य आरोपी भनिएकी अञ्जला प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती हुन् । प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले उमागौरी कृषि सहकारीको रकम अपचलनमा अनुसन्धान गर्न गत भदौ २४ मा रंगेली प्रहरीलाई लेखेको पत्रमा अञ्जलाबाहेक १० जनाको नाम मात्र पठाइएको पाइएको छ । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले पनि अञ्जलालाई छाडेर प्रहरीलाई पत्र पठाएको खुलेको छ ।
पक्राउ पुर्जी जारी भएकाहरूमा सहकारीका अध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद रौनियार, सहकारीका उपाध्यक्ष कटहरी–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ, कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंह र सदस्यहरू जहदा–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी र धनपालथान–२ का जितमान ठाकुर छन् । सहकारीको लेखा समितिका संयोजक विजयकुमार यादव, सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वास विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
पीडितहरूले अञ्जलाबाहेकका पदाधिकारीलाई मात्रै पक्राउ गर्ने कार्य न्यायोचित नभएको भन्दै अञ्जलाको संलग्नतासम्बन्धी विवरण मिडियामा आइरहेको तर उनलाई बचाउने काममा राज्य आफैं लाग्नु गलत भएको बताएका छन् । २०६८ सालमा स्थापित उमा गौरी कृषि सहकारीमा अञ्जला दुई कार्यकाल सदस्य थिइन् । उनले २०७८ माघ ५ मा सहकारीबाट राजीनामा दिएको बताएकी छन् । आरएसडीसी लघु वित्त संस्थाबाट उक्त सहकारीले ऋण लिने निर्णय गर्दा अञ्जलाले हस्ताक्षर गरेको पाइएको छ । आरएसडीसीले उच्च अदालत विराटनगरमा उपलब्ध गराएको कागजातअनुसार ०७७ पुस २९ मा थप ३ करोड रुपैयाँ कर्जा माग गर्ने सहकारीको निर्णयमा पनि अञ्जलाको हस्ताक्षर छ ।
सहकारीले ०७७ पुस २९ अगावै पनि लघुवित्तबाट ४ करोड २५ लाख कर्जा लिई कारोबार गरिरहेको र लगानी विस्तार गर्न थप ३ करोड कर्जा माग गर्ने निर्णय भएको थियो । उक्त लघुवित्तबाट प्राप्त हुने कर्जा सहकारीका नाममा नबिल बैंकको विराटनगर शाखामा रहेको खातामा जम्मा गर्न आग्रह गर्ने पनि ‘माइन्युट’ मा उल्लेख छ । कर्जा लिने विषयमा भएका तीन वटै बैठकमा संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष दिलमाया राई, कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सचिव आलम अन्सारी मियाँ तथा सञ्चालकहरू अञ्जला कोइराला, आमोद मण्डल र रोशन राजवंशी उपस्थित रहेको देखिन्छ ।
उमा गौरी कृषि सहकारीले ०७७ असोज २८, ०७७ फागुन १३ र ०७८ असार २४ मा लघुवित्तबाट ऋण लिएको र अञ्जलाले सहकारीको सञ्चालक समितिको पदाधिकारीका हैसियतमा सामूहिक/व्यक्तिगत धनजमानी दिएको आरएसडीसीको दाबी छ । अहिले यी सबै प्रक्रियामा एमाले नेता पत्नी अञ्जलाको हात रहेको भनिएपनि अदालतबाट पक्राउ पुर्जी जारी गर्ने समयमा उनको नाम दिइएको थिएन । प्रहरीले पक्राउ गर्नका लागि उनको नाम नआएकाले नलगिएको जनाएको छ ।
यसअघि सहकारी सञ्चालकले बचतकर्ताको निक्षेप अपचलन गरेको आरोप लागेपछि प्रहरीले एक महिनाअघि कागजात मागेको थियो । तर, अटेर गरेर कागजात नबुझाएपछि प्रहरीले कागजपत्र नियन्त्रणमा लिएको थियो । स्थानीय जनप्रतिनिधिको रोहबरमा गत बुधबार सहकारीको ताला फोडिएको थियो । ताला फोड्नुअघि पनि सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारसहित अन्य सदस्यहरूलाई सम्पर्कको प्रयास गरिएको थियो । तर, उनीहरू कोही पनि सम्पर्कमा आएका थिएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
एलनले राम्रो काम गरिरहेका छन्, उनलाई अझ आक्रामक भएको हेर्न चाहन्छुः डोनाल्ड ट्रम्प
फागुन १०, २०८१ शनिबार
हमासले रिहा गर्यो थप ६ इजरायली बन्धक, अझै किन मुक्त भएनन् विपिन जोशी ?
फागुन १०, २०८१ शनिबार
डीआईजी भट्टराई एआईजीमा बढुवाका लागि सिफारिस
फागुन ११, २०८१ आइतबार
कीर्गिस्तानलाई हराउँदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान
फागुन ११, २०८१ आइतबार
केपी ओली कप फुटबल प्रतियोगिता सुरु
फागुन ११, २०८१ आइतबार
कास्कीबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
फागुन ११, २०८१ आइतबार
एक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल
फागुन ११, २०८१ आइतबार
प्रकृति संरक्षणमा सेनाः बाघ र गैंडाको सङ्ख्या दोब्बर
फागुन ११, २०८१ आइतबार
राष्ट्रियसभाले भन्यो, सांसदले उठाएका विषयमा सम्बन्धित मन्त्रीले सात दिनभित्र जवाफ दिनू
फागुन ११, २०८१ आइतबार
कीर्गिस्तानलाई हराउँदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान
फागुन ११, २०८१ आइतबार
केपी ओली कप फुटबल प्रतियोगिता सुरु
फागुन ११, २०८१ आइतबार
कास्कीबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
फागुन ११, २०८१ आइतबार
एक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल
फागुन ११, २०८१ आइतबार
प्रकृति संरक्षणमा सेनाः बाघ र गैंडाको सङ्ख्या दोब्बर
फागुन ११, २०८१ आइतबार
राष्ट्रियसभाले भन्यो, सांसदले उठाएका विषयमा सम्बन्धित मन्त्रीले सात दिनभित्र जवाफ दिनू
फागुन ११, २०८१ आइतबार
कीर्गिस्तानलाई हराउँदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान
फागुन ११, २०८१ आइतबार
केपी ओली कप फुटबल प्रतियोगिता सुरु
फागुन ११, २०८१ आइतबार
कास्कीबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
फागुन ११, २०८१ आइतबार
एक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल
फागुन ११, २०८१ आइतबार