बक्स अफिसमा ‘पूर्ण बहादुरको सारङ्गी’को धमाका, एकै दिन पायो ३८० शो
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार १३:५:१५
२३ कात्तिक, काठमाडौं । लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ ।
प्रदर्शनको दुई दिन खासै दर्शकको साथ नपाएको यस फिल्मले एक सातामा ८ करोड २५ लाख ग्रस कमाई गरेको निर्माण कम्पनी सेभेन सिजले जानकारी दिएको छ ।
त्यस्तै फिल्मले शो संख्यामा भने रेकर्ड नै बनाएको छ । फिल्मले बिहीबारबाट देशभरका ८९ हलमा ३८० भन्दा बढी शो पाएको छ । यो नेपाली फिल्मले पाएको अहिलेसम्मकै उच्च शो हो । यसअघि यो रेकर्ड दशैंको घटस्थापनाको दिन फिल्म ‘बेहुली फ्रम मेघौली’ को नाममा थियो, यस फिल्मले पहिलो दिन ३४० शो प्राप्त गरेको थियो ।
‘पूर्ण बहादुरको सारङ्गी’ ले बिहीबार मात्र करिब २ करोड ग्रस कमाई गरेको अनुमान गरिएको छ । त्यस्तै फिल्मको शनिबारसम्म नै अग्रिम बुकिङ देखिएको छ । अहिले पनि फिल्मको टिकटको अभाव देखिएको छ ।
‘पूर्ण बहादुरको सारङ्गी’ ले अहिले पनि दर्शकको व्यापक साथ पाइरहेका कारण आगामी साता रिलिज हुन लागेका फिल्म ‘ह्रस्व दीर्घ’ र ‘केटी हराएको सूचना’ लाइ असर गर्ने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार
पुसमा दुई स्वदेशी चलचित्र प्रदर्शन हुने
मंसिर ३०, २०८१ आइतबार
‘फिरफिरे फिरिरी' माघ ४ गतेबाट प्रदर्शनमा आउने
मंसिर ३०, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
बिर्सिन नसकिने प्रतियोगिता एनपिएल क्रिकेट
पुष ७, २०८१ आइतबार
हिउँ बिनाको सिस्ने हिमाल
पुष ७, २०८१ आइतबार
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार, एक जना सामान्य घाइते
पुष ७, २०८१ आइतबार
लमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार