दीपक मनाङे भन्छन, म कतै भागेको छैन, सर्वोच्चबाट पूर्णपाठ आएपछि आफै अदालत हाजिर हुन्छु
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार १३:२१:२८
२३ कात्तिक, काठमाडौं । गण्डकी प्रदेश सभाका सांसद एवं पूर्वमन्त्री रहेका दीपक मनाङेले आफूलाई भागेको भन्ने आरोप गलत भएको बताएका छन् । उनले मेरो बारेको समाचारका विषयमा धेरै दुःख दिएकाले आफूले मोबाइल फोन अफ गरेको भन्दै सञ्चारमाध्यमले अनर्गल प्रचार गरिरहेको आरोप लगाएका छन् । उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफै अदालत हाजिर हुने जनाएका हुन् ।
सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहर भए लगत्तै उनी सम्पर्कविहीन भएको बताइएको थियो । यसको खण्डन गर्दै उनले विज्ञप्ति निकालेका हुन् । सर्वोच्च अदालतले कात्तिक २० गते (मंगलबार) मनाङेलाई दोषी ठहर गर्ने फैसला सुनाएको थियो । सर्वोच्चले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैदको फैसला सुनाएपछि प्रहरीले आफूलाई पक्राउ गर्न सक्ने आशंकाका आधारमा उनी सम्पर्कविहीन भएको भनिएको थियो ।
उनको घटनाको विवरण भने यस्तो थियो, २०६१ वैशाख ३१ मा काठमाडौँको महाराजगञ्जस्थित चुफाङ रेस्टुरेन्टमा अर्का गुन्डा नाइके चक्रे मिलनको समूह र मनाङे समूहबीच ‘ग्याङ फाइट’ भएको थियो । दुवै पक्ष खुँडा र धारिलो हतियारसहित थिए । मनाङेले धारिलो हतियार प्रहार गरी चक्रे मिलनको बायाँ हात छिनाइदिए । लगत्तै चक्रे मिलनको हात त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगेर जोडियो । सोही घटनापछि चक्रेकी श्रीमतीले प्रहरीमा ज्यान मार्ने उद्योगमा मनाङेसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दिइन् । मनाङेलाई प्रहरीले पक्राउ पनि गर्यो ।
प्रहरीको अनुसन्धानपछि काठमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको थियो । चक्रे मिलनकी श्रीमतीको जाहेरीपछि प्रहरीले मनाङे, गणेश लामासहितलाई पक्राउ गरेर अभियोग पत्र दर्ता गरेको थियो । जिल्ला अदालतको आदेश अनुसार २०६२ वैशाख १३ मा उनी पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भए । त्यसबेला मनाङेले दुई वर्ष कैद भुक्तान गरी २०६३ माघ २८ मा छुटेका थिए ।
ज्यान मार्ने उद्योगमा उनी विरुद्ध मुद्दा दर्ता भए पनि जिल्ला अदालतले सामान्य कुटपिट मात्रै भएको भन्दै मनाङेलाई २ वर्ष कैद सजाय सुनाएको थियो । जिल्ला अदालतको फैसला चित्त नबुझेपछि सरकारले उच्च अदालत पाटन (तत्कालीन पुनरावेदन अदालत)मा पुनरावेदन दर्ता गरेको थियो । जिल्ला अदालतको फैसलामा केही उल्टी गर्दै ज्यान मार्ने उद्योग अन्तर्गत उच्च अदालतले मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो ।
उच्चले अन्य आरोपितहरू गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामाले सफाइ पाएका थिए । उच्चले सफाइ दिने निर्णय गरेपछि उनीहरूको हकमा सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गर्याे । सरकारले दीपक मनाङेको हकमा ५ वर्षको कैद सजाय ठहर भइसकेकाले त्यसैमा चित्त बुझाउँदै सर्वोच्चमा पुनरावेदन गरेन । यता सर्वोच्च अदालतले पनि मनाङेको हकमा उच्च अदालत पाटनकै फैसला सदर गरी कार्यान्वयन गर्न निर्देशन दियो । अन्य आरोपितहरूलाई सर्वोच्चले सफाइ दियो ।
तर उच्च अदालतबाट दोषी ठहर भएका मनाङे न फैसला कार्यान्वयनका लागि जेल गए, न त सर्वोच्चमा पुनरावेदन गर्न नै पुगे । उनी फरार सूचीमा रहे । तर उनी मनाङबाट प्रदेश सभा सदस्य निर्वाचित भएपछि प्रहरीले खोजी गर्न थाल्यो । त्यसपछि बल्ल पुनरावेदनका लागि मनाङे सर्वोच्च अदालत पुगेका थिए । २०७४ जेठमा पुनरावेदन गर्न सर्वोच्च पुगेका मनाङे उर्फ राजीव गुरुङको पुनरावेदनको दरपीठ सर्वोच्चका रजिस्ट्रारले खारेज गरिदिएको थियो । हद म्याद नाघेको भन्दै उनको दरपीठ खारेज भएपछि मनाङे जेल चलान भए । फैसला कार्यान्वयनका लागि उनी थुनामा गएका थिए ।
गत मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गरेको हो । तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चको फैसला पछि उनी फरार भएको भन्दै समाचार आएका थिए । आज उनले त्यसको खण्डन गर्दै आफै अदालतमा उपस्थित हुने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय समितिबाट सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन भए पाण्डेय र निरौला
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
प्रस्तावित न्यायाधीश निरौलाको सुझाव, न्यायपालिका सुधार्न एउटा अनुगमन र निगरानीको संयन्त्र बनाउ
कात्तिक २३, २०८१ शुक्रबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
दैलेखबाट सुर्खेत आउँदै गरेको गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
कात्तिक २३, २०८१ शुक्रबार
रानिमत्तामा गाडी दुर्घटना हुँदा चारको मृत्यु, २५ जना घाइते
कात्तिक २३, २०८१ शुक्रबार
निर्देशक ऋषि लामिछानेको नयाँ फिल्ममा भित्रिए केदार
कात्तिक २३, २०८१ शुक्रबार
हवाई कम्पनीले बढाएको भाडा नियन्त्रण गर्न पर्यटनमन्त्रीले श्रम र परराष्ट्रमन्त्रीसँग मागे सहयोग
कात्तिक २३, २०८१ शुक्रबार
धारापानी २२० केभी सबस्टेसन निर्माणाधीन, खुदी अन्तिम चरणमा
कात्तिक २३, २०८१ शुक्रबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार