ट्रम्पले सुसी वाइल्सलाई बनाए ह्वाइटहाउसको 'चिफ अफ स्टाफ'
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार १४:४८:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/Wiles_YtxWzLTyv7_P1LMLHtJOF.jpg)
२३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले सुसी वाइल्सलाई ह्वाइटहाउसको चिफ अफ स्टाफमा नियुक्त गरेका छन् ।
वाइल्स ट्रम्पको चुनावी अभियानकी प्रबन्धक थिइन् । उनी लामो समयदेखि ट्रम्पको सल्लहाकारको रुपमा रहेकी छन् । २०२० को निर्वाचनआमा ट्रम्पलाई फ्लोरिडा राज्यमा चुनाव जिताउन सहयोग गरेकी वाइल्सले त्यसपछिको चार बर्ष ट्रम्पको चुनावी अभियानलाई नेतृत्व गरेकी थिइन् । ट्रम्पले यस पटकको चुनाव जितेपछिको पहिलो भाषणमा समेत आफ्नो जितमा वाइल्सको सबैभन्दा ठुलो भूमिका रहेको उल्लेख गरेका थिए ।
वाइल्सलाई ह्वाइटहाउसको चिफ अफ स्टाफ नियुक्त गर्दै ट्रम्पले उनी अमेरिकाको इतिहासमा पहिलो महिला चिफ अफ स्टाफ हुने बताएका छन् । ट्रम्पले वाइल्स स्मार्ट, क्रियटिभ र सम्मानित महिला भएको भन्दै २०१६ र २०२० को आफ्नो चुनावी अभियानमा पनि उनको भूमिका रहेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा निर्मित ‘भारी’विस्फोटक पदार्थको पहिलो खेप इजरायल आइपुग्यो
फागुन ४, २०८१ आइतबार
फ्रेड्रिक मेर्ज : जर्मन चान्सलरको पदको नजिक पुगेका कन्जरेभेटिभ
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
ओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार
हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने
फागुन ४, २०८१ आइतबार
आइतबार साढे १९ अकले बढ्यो बजारः २७ सय नजिक पुग्यो नेप्से, ९ अर्ब ४७ करोडको कारोबार
फागुन ४, २०८१ आइतबार
भविष्यमा विश्वविद्यालय शिक्षासमेत निःशुल्क गर्न सकिनेछ : प्रधानमन्त्री
फागुन ४, २०८१ आइतबार