ताप्लेजुङको पाथीभरा जाने केबलकार निर्माणका विषयमा विवाद हुँदा दुई पक्षबीच झडप
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार १५:३२:४३
२३ कात्तिक, विराटनगर । ताप्लेजुङको फुङ्लिङ नगरपालिका– १० काफ्लेपाटीमा स्थानीयबीच झडप भएको छ । पाथीभरा दर्शन केबलकारको निर्माणका लागि शिलान्यास गर्ने कार्यक्रममा अवरोध भएपछि झडप भएको हो । पाथीभरा दर्शन केवलकार निर्माणको आज शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो।
प्रहरीका अनुसार निर्माणका लागि आवश्यक पर्ने इक्युपमेन्ट लैजान अवरोध भएपछि मजदुरहरु प्रतिकारमा उत्रिएका थिए । शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो । त्यसका लागि नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायत कार्यक्रमस्थल पुगेका थिए ।
कार्यक्रम सुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन दिनु हुँदैन भन्ने समूहका व्यक्तिहरुले ढुंगा हान्न थालेका थिए । पाथीभरामा केबलकार बनाउने विषयमा लामो समयदेखि विवाद रहँदै आएको थियो । यद्यपि, पछिल्लो समय पाथीभरा केबलकार कम्पनीले ठेक्का पाएपछि निर्माण सुरु गर्ने प्रयास भएको थियो । पाथीभरा देवीको मन्दिर ताप्लजुङमा २ हजार ७९४ मिटर उचाइमा अवस्थित छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
कोशी प्रदेशमा पनि बन्यो दुई दलीय संयन्त्र
कात्तिक २८, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उच्च र जिल्ला अदालतका १३ जना न्यायाधीशको सरुवा
मंसिर ६, २०८१ बिहिबार
अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश
मंसिर ६, २०८१ बिहिबार
जग्गा भाडामा लिएर कृषि गर्नेलाई अनुदान
मंसिर ६, २०८१ बिहिबार
अचानक पुटिनका गुरुले भारतलाई महान हिन्दू सभ्यताको पुनर्स्थापना गर्न आवश्यक छ किन भने ?
मंसिर ६, २०८१ बिहिबार
बीआरआईमा ऋण लिने विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई सहमती दिन सक्दैनः गृहमन्त्री लेखक
मंसिर ६, २०८१ बिहिबार
सिरियामा भएको इजरायली हमलामा ३६ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार