उपनिर्वाचनको लागि सशस्त्र र नेपाल प्रहरीमा केन्द्रीय निर्वाचन सुरक्षा समिति गठन
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार १९:५९:४१
२३ कात्तिक, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि सुरक्षा तयारी सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी)को कमाण्डमा केन्द्रीय निर्वाचन सुरक्षा समिति गठन गरेको छ । प्रहरी उपरीक्षक (एसपी)को कमान्डमा केन्द्रीय निर्वाचन सुरक्षा समिति गठन गरेको छ हो ।
उक्त समितिले निर्वाचनको सुरक्षाका लागि चाहिने सम्पूर्ण तयारी गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। सम्बन्धित निकायहरू समन्वय गर्ने, सुरक्षा तयारी गर्ने, निर्वाचनका लागि चाहिने बन्दोबस्तीको सामानहरुको व्यवस्था गर्नेलगायत सबै काम केन्द्रीय निर्वाचन सुरक्षा समितिबाट हुने बताइएको छ ।
सशस्त्र प्रहरी बलले पनि प्रधान कार्यालयमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा केन्द्रीय सुरक्षा समिति गठन गरेको छ । कार्य विभागका एसएसपी दिग्विजयन सुवेदीले सुरक्षा समितिको संयोजन गरेका छन् । प्रदेशमा एसपी, गण भएका जिल्लामा डीएसपी र गुल्म भएका जिल्लामा इन्स्पेक्टरको कमाण्डमा निर्वाचन सुरक्षा समिति गठन गर्ने निर्णय भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।
केन्द्रीय निर्वाचन सुरक्षा समिति मार्फत समग्र सुरक्षा चुनौतीको विश्लेषण र सुरक्षा व्यवस्थापन गरिने थापाले जानकारी दिए । निर्वाचन हुने जिल्लामा आसपासका जिल्लाबाट थप जनशक्ति व्यवस्थापन गर्ने गरी सशस्त्र प्रहरीले सुरक्षा योजना तयार गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभन्सार छलेर सामान ल्याउने पिकअप भ्यानसहित चालक पक्राउ
पुष १८, २०८१ बिहिबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार