पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा झडप हुँदा ६ जना घाइते
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार २०:१९:२४
२३ कात्तिक, ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण पक्षधर र विरोधीबीच झडप हुँदा छ जना घाइते भएका छन् । आज यहाँ भएको झडपमा केबलकार बनाउने पक्षका दुई, विपक्षका एक, अन्य स्थानीय एक र सुरक्षाकर्मी दुई गरी छ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा केवलकार पक्षधर फुङ्लिङ नगरपालिका—४ का ४० वर्षीय दामोदर अधिकारी, मेरिङदेन गाउँपालिका–४ का २६ वर्षीय कुमार शेर्पा, विपक्षका फुङ्लिङ नगरपालिका–४ बस्ने ४५ वर्षीय चन्द्र मादेन घाइते भएका छन् ।
पाथीभरामा भरिएका रूपमा काम गर्दै आएका फक्ताङलुङ गाउँपालिका–५ का अर्जुन लिम्बू, सुरक्षकर्मीतर्फ सशत्र प्रहरी डिगेन्द्र ओली र प्रहरी जवान अभिनास माझी घाइते भएको कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए । घाइतेलाई जिल्ला अस्पताललगायत स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
ताप्लेजुङको पाथीभरामा केवलकार निर्माणका विषयमा दुईपक्षबीच केहीबेर ढुङ्गा हानाहान भएको थियो । केवलकार निर्माणको लागि शिलान्यास गर्न लगिएको एक्स्काभेटरलाई विपक्षमा रहेकाहरूले अवरोध गरेपछि झडपको स्थिति सिर्जना भएको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्सपेक्टर विवेक बस्नेत नेतृत्वको प्रहरी टोलीले एक्स्काभेटर अपरेटरबाट प्रमुख जिल्ला अधिकारीको निर्देशनमा चाबी नियन्त्रणमा लिएको थियो । त्यसपछि केबलकार निर्माण पक्ष र विपक्षबीच झडप भएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार
अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिप्पर नियन्त्रणमा
पुष १०, २०८१ बुधबार
भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार
अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिप्पर नियन्त्रणमा
पुष १०, २०८१ बुधबार
भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
पुष १०, २०८१ बुधबार
‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार