सहकारी ठगीमा संलग्नलाई जोगाउनु हुँदैन : संयोजक शाही
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार २१:९:४९
२३ कात्तिक, झापा । नेपाली कांग्रेसको ‘युवा सङ्कल्प यात्रा’ का संयोजक भूपेन्द्रजङ्ग शाहीले सहकारी ठगी घटनाका आरोपी सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउन र पीडितको बचत फिर्ताको वातावरण बनाउन माग गरेका छन् । काँकडभिट्टाबाट आज यात्राको सुरुआत गर्दै नेपाल तरुण दलका पूर्वकेन्द्रीय महासचिव शाहीले सहकारीको बचत अपचलनमा संलग्नलाई पार्टीले जोगाउन आवश्यक नरहेको बताए ।
“हामी सरकारलाई जोडदार आग्रह गर्दछौँ”, उनले भने, “सहकारीको बचत दुरुपयोग गर्ने व्यक्ति जुनसुकै पार्टीको भए पनि कानुनी कारबाही गरिनुपर्छ ।” सहकारी ठगीका कारण पीडित भएकाको बचत रकम फिर्ताको वातावरण सरकारले नै बनाउनुपर्ने उनको जोड थियो ।
नेपाली कांग्रेसका ५० जना युवा नेता सहभागी रहेको यात्राको नेतृत्व तरुण नेता शाहीले गरेका छन् । आगामी मङ्सिर ४ गते महेन्द्रनगरमा यात्रा समापन हुने बताइएको छ । भ्रष्टाचार उन्मूलन, सहकारी ठगीमाथि कारबाही, सहकारी पीडितको बचत फिर्तालगायत १० बुँदे मागलाई यात्राको मूल ध्येय मानिएको छ । यात्रामा सांस्कृतिक टोली समेत रहेको छ ।
यात्रा इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज, भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै महेन्द्रनगर पुग्ने यात्रा संयोजक शाहीले बताए । शुभारम्भ कार्यक्रममा तरुण दलका केन्द्रीय सदस्य पशुपति पोखरेल, प्रेमिका राना मगर, धर्मेन्द्र नेम्वाङ, नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
बीआरआईमा ऋण लिने विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई सहमती दिन सक्दैनः गृहमन्त्री
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार