जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार २१:५७:५३
२३ कात्तिक, काठमाडौं । सहकारी ठगीमा संलग्न रहेका गीतेन्द्रबाबु (जीवी) राईलाई विदेश भगाए वापत सरकारले सहसचिव नमराज घिमिरेलाई पुरस्कृत गरेको छ । सहकारी विभागका तत्कालीन रजिष्ट्रार नमराज घिमिरे र अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी मिलेर गीतेन्द्रबाबु (जीवी) राईलाई विदेश ‘भगाए’का थिए । सांसद सूर्यबहादुर थापा क्षेत्री संयोजकत्वको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उक्त तथ्य उजागर गरेको भएपनि उनै घिमिरेलाई अहिले सहकारीसम्बन्धि कानून संशोधन कार्यदलको सदस्य सचिव बनाएको हो ।
सहकारी विभाग कै सिफारिसमा रोक्का राखिएको जीवी राईको पासफोर्ट र यात्रा अनुमति फुकुवा गरेर उनलाई विदेश भाग्न सहयोग गरेको समितिको प्रतिवेदनले औंल्याएको छ । सहकारी विभागका तत्कालीन रजिष्ट्रार घिमिरेले आफ्नो एकल निर्णयले रोक्का राखेको पासपोर्ट र यात्रा अनुमति फुकुवा गर्न अध्यागमन विभागमा लेखी पठाएको बयान दिएका छन् । हाम्रो नयाँ कृषि बहुउद्देश्यीय सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता गरेकाले पासपोर्ट रोक्का फुकुवा गरिदिएको उनको दाबी छ । ‘६ वटा सहकारीबाट १० अर्ब भन्दा धेरै ठगी गरी फरार रहेका गितेन्द्रबाबु राईलाई विदेश भगाउन सघाउने सहसचिवलाई सरकारले सहकारीसम्बन्धि कानून संशोधन कार्यदलको सदस्य सचिव बनाएको छ’, प्रधानमन्त्री कार्यालयक एक अधिकारीले भने ।
बिहीबार सरकारले सचिव फणिन्द्र गौतमको नेतृत्वमा कार्यदल गठन गरेको हो । जसमा अर्थ मन्त्रालयका सहसचिव, राष्ट्र बैंकका निर्देशक र सहकारी विभागका रजिष्ट्रारलाई सदस्य बनाइएको छ । प्रधानमन्त्री कार्यालयमा कार्यरत सहसचिव घिमिरेलाई सदस्य सचिव बनाइएको छ । घिमिरे सहकारी विभागको रजिष्ट्रार हुँदा उनको राहदानी फुकुवा गर्न अध्यागमन विभागलाई पत्राचार गरेका थिए । जिबी राईविरुद्ध एकपछि अर्को उजुरी परिरहेका बेला त्यसरी नाटकीय रुपमा उनलाई विदेश भगाइएको थियो । सोही कारण अहिलेसम्म सहकारी पीडितले पैसा पाएका छैनन् ।
घिमिरेलाई संसदीय समितिले समेत यस विषयमा सोधपुछ गरेको थियो । साथै, केही सहकारीको उजुरी रोकेर सम्पत्ति बेच्न दिने तथा कार्यक्षेत्र विस्तारको अनुमति दिदा पनि घिमिरेले चलखेल गरेको पाइएको थियो । उनैलाई अहिले कानून संशोधनको जिम्मेवारी दिइएको छ । घिमिरे यातायात व्यवस्था विभागमा हुँदा नक्कली लाइसेन्स प्रकरणमा पनि मुछिएका कर्मचारी हुन् । सबैभन्दा बढी उनी इम्बोष्ट नम्बर प्लेट खरिद प्रकरणमा पनि उनी मुछिएका छन् । काभ्रे स्थायी घर भएका घिमिरे लामो समयदेखि प्रधानमन्त्री कार्यालयमा थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वर्णलक्ष्मी सहकारीबारे बयान लिन काठमाडौं ल्याइएका जोशीलाई सरकारी वकिलको कार्यालय लगियो
मंसिर ६, २०८१ बिहिबार
सहारा सहकारी ठगीमा संलग्न भएको भन्दै रवि लामिछानेविरुद्ध चितवनमा पनि पर्यो उजुरी
मंसिर ५, २०८१ बुधबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार