मानव बेचबिखनको अनुसन्धानबाट जोगिन पूर्वमन्त्री अधिकारीका चलाखीपूर्ण हर्कत
नेपालबहस संवाददाता
कात्तिक २४, २०८१ शनिबार ११:१:३४
२४ कात्तिक, विराटनगर । २१ कात्तिकमा आफूलाई इमान्दार मन्त्री भन्दै कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीबाट राजीनामा दिएका एमाले नेता लिलाबल्लभ अधिकारीले शुक्रबार पार्टीका सबै जिम्मेवारीबाट हटाइ पाउँ भन्दै निवेदन दिएका छन् । पार्टीले निलम्बन गर्न लागेको थाहा पाएपछि उनले त्योभन्दा अगाडि हटाइ पाउँ भन्ने निवेदन दिएका हुन् ।
प्रहरीको अनुसन्धानबाट बच्न उनले यस्तो हर्कत गरेको एमाले नेताहरु नै बताउँछन् । सांसद पदमा भने आफू रहिरहने उनको भनाइ छ । जनताले निर्वाचित गरेकाले सांसद पद नत्याग्ने उनको भनाइ छ । मन्त्रिपरिषदबाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि उनले राजीनामा दिएका थिए । भ्रमणको विषय विवादमा परेपछि नैतिकताका आधारमा राजीनामा दिएको बताउने अधिकारीले पार्टीमा पनि राजनीतिक नैतिकता देखाएर जिम्मेवारीविहिन भएर अनुसन्धानमा सघाउन चाहेको बताएका छन् । तर, अधिकारीले नेकपा एमाले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्ने थाहा पाएर पार्टीमा निवेदन दिएका हुन् ।
यता, मन्त्रीसँग गैरकानुनी रुपमा जापान पुगेर डिपोर्ट भएका युवाहरूको बयान सुरु भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा शुक्रबारदेखि उनीहरूको बयान सुरु भएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिएका छन् । पक्राउ परेका ६ जनामध्ये केहीको बयान सुरु भएको हो । पक्राउ परेका सबैको बयान सकिएपछि पूर्वमन्त्री अधिकारीलाई पक्राउ गर्ने प्रहरीको तयारी छ ।
उनीहरूको बयानपछि अधिकारीमाथि अनुसन्धान अगाडि बढ्ने प्रहरीकाे भनाइ छ । मोरङ क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित एमालेका सांसद अधिकारीलाई पार्टीले समेत निलम्बन गर्ने तयारी गरेको थियो । यसअघि उनले जिम्मेवारीबाट हटाउन निवेदन दिए । मानव तस्करीको गम्भीर आरोप लागेपछि अनुसन्धानमा तानिने कुरा प्रष्ट भइसकेको छ । तर, उनी जे नहुनु थियो गल्ती भइगयो, मैले जानेर बुझेर गरेको गल्ती होइन । म पनि पार्टीकै साथीहरूबाट फसे भनिरहेका छन् ।
अधिकारी सांस्कृतिक कार्यक्रमका लागि भनेर जापान हिँडेका थिए । तर उनले जापान जानका लागि मन्त्रिपरिषदबाट स्वीकृति लिएका थिएनन् । उनीसँगै अरु तीनजना युवालाई जापानको टोकियो विमानस्थलबाट डिपोर्ट गरिएको थियो । ती युवालाई रोजगारीका लागि गैरकानुनी रुपमा पठाएर रकम समेत असुलेको पाइएको छ । अधिकारीसँगै जापानको विमानस्थल पुगेका खोटाङका दावा शेर्पा, जनक राई र रसुवाका कन्चन देवकोटालाई त्यहाँको अध्यागमनले डिपोर्ट गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार