इरानले ट्रम्पको हत्या प्रयास गरेको खुलासा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक २४, २०८१ शनिबार ११:३४:२४
![](https://nepalbahas.prixacdn.net/media/albums/Trump_1.jpg_Psb6nCSp50_H0vof1oMw6.jpg)
२४ कात्तिक, काठमाडौँ । राष्ट्रपति चुनावअघि डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानी षड्यन्त्र एफबीआईले विफल पारेको खुलासा भएको छ । यो खुलासा अमेरिकी न्याय विभागले गरेको हो । फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) का सहयोगी फरहाद शाकेरी (५१), कार्लिस्ले रिभेरा (४९) र जोनाथन लोडहोल्ट (३६) विरुद्ध मुद्दा दायर गरेको छ ।
म्यानहट्टन संघीय अदालतमा दायर गरिएको आपराधिक उजुरीमा सेप्टेम्बरमा, इरानको अर्धसैनिक रिभोलुसनरी गार्डका एक अधिकारीले भाडामा लिएका हत्यारा, फर्जाद शाकेरीलाई ट्रम्पमाथि नजर राख्न र अवसरमा उनलाई मार्न निर्देशन दिएका थिए । यसका लागि उनलाई ५ लाख डलर अफर गरिएको थियो । उजुरीमा भनिएको छ, अफिसरलाई राष्ट्रपति चुनावसम्म पर्खने र ट्रम्प चुनाव हारेमा उनलाई मार्न सजिलो हुने निर्देशन दिइएको थियो ।
रिभोलुसनरी गार्डका एक अधिकारीले सात दिनभित्र हत्या गर्न निर्देशन दिएका थिए । तर यो षड्यन्त्र पुरा हुन सकेन । यसमा एक इरानी र दुई अमेरिकी नागरिकको संलग्नता रहेको बताइएको छ । दुवै अमेरिकी नागरिकलाई न्यूयोर्कबाट पक्राउ गरिएको बताइएको छ ।
सेप्टेम्बरमा, अमेरिकी गुप्तचर अधिकारीहरूले ट्रम्पलाई मार्ने इरानी षड्यन्त्रको संदिग्ध रिपोर्ट गरेका थिए । ट्रम्पमाथि जुलाई १३ मा पेन्सिलभेनियाको बटलर शहरमा चुनावी ¥यालीमा गोली हानिएको थियो, जसमा उनको कानमा गोली लागेको थियो । यस घटनाको ६४ दिन पछि, फेरी उनको फ्लोरिडामा हत्या प्रयास गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
अमेरिकामा निर्मित ‘भारी’विस्फोटक पदार्थको पहिलो खेप इजरायल आइपुग्यो
फागुन ४, २०८१ आइतबार
फ्रेड्रिक मेर्ज : जर्मन चान्सलरको पदको नजिक पुगेका कन्जरेभेटिभ
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार