इजिप्ट भ्रमण सकेर स्वदेश फर्किए उपप्रधानमन्त्री सिंह
नेपालबहस संवाददाता
कात्तिक २४, २०८१ शनिबार १२:३७:४१
२४ कात्तिक, काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालले शहरीकरणमा भोगिरहेको समस्या समाधानका लागि विश्व समुदायको ध्यानाकर्षण गराउन इजिप्ट भ्रमण सफल भएको बताएका छन् । इजिप्टको कायरोमा सम्पन्न वल्र्ड अर्बान फोरममा सहभागि भएर नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले भ्रमण उपलब्धीमूलक भएको बताए । नेपालमा शहरी विकासका क्षेत्रमा भइरहेको काममा नेपालसँग सहकार्य गरिररहेका एजेन्सी सन्तोषजनक रहेकाले आगामी दिनमा शहरीकरणका काम प्रविधियुक्त र थप प्रभावकारी रुपमा अघि बढ्ने बताए ।
उपप्रधानमन्त्री सिंहले कायरोमा सम्पन्न फोरममा नेपालले शहरीकरणको क्षेत्रमा हासिल गरेको प्रगति र भोगिरहेको समस्याबारे विश्वकै ध्यानाकर्षण गराउन सफल भएको पनि दाबी गरे । ‘जलवायु परिवर्तनले गर्दा शहहररुहरुमा अतिवृष्टि हुने, बाढी आउने, हिमालहरुमा हिमपहिरो आउँदा विपदका घटना हुने गरेको छ । तर, नेपाल यस्तो देश हो विश्वमा, जसले प्रदुषण कम गर्छ तर जलवायु परिवर्तनको असर भने धेरै खेप्नुपरिररहेको छ । जसले गर्दा ग्रिन फाइनान्सिङको कुरामा युन एन ह्याबिट्याटले संयुक्त राष्ट्रसंघसँग कुरा गरेर नेपाललाई सहयोग पुर्याउनुपर्नेमा जोड दिनुपर्छ भन्ने कुरालाई मैले उठाएको छु’ उपप्रधानमन्त्री सिंहले भने, ‘आउँदा दिनमा हामीले गरेको प्रयासको लाभ देखिन्छ ।’ तथ्य र तथ्याङ्कमा आधारित योजनामा यूएन ह्याबिटेटको निरन्तर सहयोगको प्रतिबद्धता रहेको भन्दै उनले दिगो सहरीकरणका लागि बलियो सहकार्य गर्न संयुक्त राष्ट्रको समर्थन नेपालका लागि सकारात्मक रहेको सिंहको भनाई थियो ।
वर्ल्ड अर्बान फोरममा नेपालले आफ्ना विषयहरु विश्व मञ्चमा जोडदार रुपमा उठाएको र भ्रमण फलदायी भएको उनले बताए । मन्त्रालय तहको छलफलमा ७७ राष्ट्रका शहरी विकाससँग सम्बन्धित मन्त्रीहरु सहभागि भएको पनि उनले जानकारी दिए । १ सय ८२ देशको सहभाचगिता रहेको फोरममा अहिले शहरी विकासको क्षेत्रमा संसारभरको ट्रेण्ड के छ ? आगामी दिनमा कसरी अगाडी बढ्ने भन्नेबारे महत्वपुर्ण छलफल भएको उनले बताए । शहरीकरणमा स्थानस्तरबाटै सबैलाई सहभागि गराएर जानुपर्छ भन्नेमा जोड दिँदै उनले आगामी दिनमा शहरीकरणको क्षेत्रमा युएन ह्याबिट्याटसँगको सहकार्य थप बलियो हुने विश्वास व्यक्त गरे ।
सिंहलाई अन्तर्राष्ट्रिय विमानस्थलमा वन राज्य मन्त्री रुपा विक, प्रतिनिधिसभा सदस्य राजन केसी, संविधान सभा सदस्य दिपक कुइँकेल, बाग्मती प्रदेश सांसद दिपेन्द्र श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल लगायतका कांग्रेस नेता कार्यकर्ताले स्वागत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअसार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
पुष १०, २०८१ बुधबार
एमाले सचिवालय बैठक बस्दै
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’ मा कांग्रेस सभापति देउवाको शुभकामना
पुष १०, २०८१ बुधबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
असार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
म्यानमारको अराकान आर्मीले महत्त्वपूर्ण सीमा क्षेत्र कब्जा गर्दा बंगलादेशमा असर
पुष १०, २०८१ बुधबार