मानव तस्करीको आरोप लागेका निवर्तमान मन्त्री अधिकारी एमालेबाट निलम्बित
नेपालबहस संवाददाता
कात्तिक २४, २०८१ शनिबार १५:५३:२१
२४ कात्तिक, विराटनगर । नेकपा एमालेले कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीलाई निलम्बन गरेको छ । पार्टीको अनुमतिबिना जापान गएका मन्त्री अधिकारीमाथि थप अनुसन्धान गर्न नेकपा एमाले कोशी प्रदेशले गम्भीर चासो राख्दै उनलाई निलम्बन गरेको हो ।
प्रदेश अध्यक्ष घनश्याम खतिवडाले शनिबार एक विज्ञप्ति जारी गर्दै अधिकारी माथि लागेको आरोपको अन्तिम निरुपण नभएसम्मका लागि उनलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य तथा एमालेको सांगठनिक सदस्यबाट निलम्बन गरिएको जानकारी दिएका छन् ।
बुधबार मन्त्री अधिकारीले प्रदेश सरकार र पार्टीको बढ्दो आलोचना र दबाब बीच पदबाट राजीनामा दिएका थिए । अधिकारी प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नलिई जापान भ्रमणमा गएपछि उनीमाथि मानव तस्करीको आरोपमा प्रहरीले छानविन गर्ने तयारी गरिरहेका बेला पार्टीले निलम्बन गरेको छ ।
मन्त्री अधिकारीमाथि आफ्नो पदको दुरुपयोग गरी गैरकानुनी रूपमा मानिसहरूलाई जापान पुर्याउन खोजेको आरोप छ । अधिकारीसँगै जापान पुगेका खोटाङका दावा शेर्पा, जनक राई, र रसुवाका कञ्चन देवकोटालाई जापानको अध्यागमन विभागद्वारा डिपोर्ट गरिएको थियो ।
पक्राउ परेकाहरूको बयानका आधारमा अनुसन्धान गर्दा, मन्त्री अधिकारीले मन्त्रालयकै नक्कली परिचय पत्र बनाएर ती व्यक्तिहरूलाई जापान पुर्याउने प्रयास गरेको पाइएको छ । बरामद नक्कली कार्डहरूमा निमित्त कार्यालय प्रमुखका रूपमा मन्त्री अधिकारीकै हस्ताक्षर रहेको बताइएको छ।
पक्राउ परेकाको बयानका आधारमा थप तीन व्यक्तिहरूलाई पनि मानव तस्करी अभियोगमा पक्राउ गरेको छ । पक्राउ परेकाहरूमा जुगल रिजाल, वीरबहादुर सुनुवार, र महेश पाण्डे रहेका छन् । यस घटनासँग जोडिएका प्रमाणहरूका आधारमा प्रहरी अधिकारीहरूले मन्त्री अधिकारीलाई आर्थिक लाभको उद्देश्यले यो योजना बनाएको भन्दै अनुसन्धानको दायरामा ल्याउने तयारी गरेको छ ।
एमाले कोशी प्रदेशले मन्त्री अधिकारीले गरेको यो कार्यलाई गम्भीर रूपमा लिएर पार्टीको सैद्धान्तिक र अनुशासनात्मक मापदण्ड विपरीत भएको ठहर गरेको छ । पार्टीले अधिकारीलाई निलम्बन गर्दै यो घटनाको पूर्ण छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार