'पूर्ण बहादुरको सारङ्गी'को असर, फिल्म 'केटी हराएको सूचना' को रिलिज स्थगन
नेपालबहस संवाददाता
कात्तिक २४, २०८१ शनिबार १६:३५:१६
२४ कात्तिक, काठमाडौं । यही कात्तिक ३० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै गीतदेखि ट्रेलरसम्म सार्वजनिक भइसकेको फिल्म ‘केटी हराएको सूचना’ को प्रदर्शन मिति सरेको छ । शुक्रबार निर्माण कम्पनी ट्राई सिटी पिक्चर्सले एक विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन स्थगित गरिएको जनाएको छ ।
लक्ष्मीपूजाबाट आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले अभूतपूर्वरुपमा दर्शकको साथ पाइरहेको अवस्थालाई ध्यानमा राख्दै ‘केटी हराएको सूचना’ को रिलिज तत्कालका लागि स्थगन गरेको हो ।
निर्माण पक्षले विज्ञप्तिमा भनेको छ, 'जुन प्रकारले ‘पूर्ण बहादुरको सारङ्गी’ले दर्शकको साथ पाएको छ, यो अवस्थामा नयाँ चलचित्र आउँदा चलचित्र घरहरुले नयाँ चलचित्रलाई समेत शो बाँडफाँट गर्नुपर्ने अवस्थाको सृजना हुने हुँदा दर्शकको साथ प्राप्त चलचित्र समेतलाई असर पर्ने सम्भावना रहने भएकोले इतिहास कायम गर्ने बाटोमा रहेको चलचित्रलाई सहज बनाइदिनु हाम्रो दायित्व हो भन्ने मान्यता कायम राख्दै ‘केटी हराएको सूचना’को प्रदर्शन हाललाई स्थगित गरिएको जानकारी गराउन चाहन्छौं ।’
‘पूर्ण बहादुरको सारङ्गी’ ले बक्स अफिसमा शानदार प्रदर्शन गरिरहेकै बेला अब कात्तिक ३० गते फिल्म ‘ह्रस्व दीर्घ’ एकल प्रदर्शन हुने भएको छ ।
दीपेन्द्र गौचनको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको ‘केटी हराएको सूचना’ मा नाजिर हुसेन, सृष्टि श्रेष्ठ सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, अर्जुन पोखरेल लगायतको अभिनय छ । क्यूएफएक सिनेमाका मालिक समेत रहेका नकिम उद्दिन फिल्मका कार्यकारी निर्माता हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ह्रस्व दीर्घले पाँच दिनमा कति कमायो ?
मंसिर ६, २०८१ बिहिबार
दयाहाङ र रिश्मा फेरी एकसाथ, 'रिमै' को छायांकन शुरु
मंसिर ५, २०८१ बुधबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
सहारा सहकारी ठगीमा संलग्न भएको भन्दै रवि लामिछानेविरुद्ध चितवनमा पनि पर्यो उजुरी
मंसिर ५, २०८१ बुधबार
रूसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
मंसिर ६, २०८१ बिहिबार
कर्नाटकालाई ७ विकेटले पराजित गर्दै नेपाली यू-१९ क्रिकेट टिमले जित्यो सिरिज
मंसिर ६, २०८१ बिहिबार
पिठो तथा इन्धनको अभावले गाजामा बेकरीसमेत बन्द हुने अवस्थामा : राष्ट्रसंघ
मंसिर ६, २०८१ बिहिबार
काठमाडौँ उपत्यकामा आज तीन जना मृत भेटिए
मंसिर ६, २०८१ बिहिबार
विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार