पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
नेपालबहस संवाददाता
कात्तिक २४, २०८१ शनिबार १६:५३:५४
२४ कात्तिक, लेखनाथ 'कास्की' । पोखरामा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय क्रस कन्ट्री प्रतियोगिताअन्तर्गत पाँच किलोमिटर दूरीको विद्यार्थी दौड 'महिला÷पुरुष' मा पुरुषतर्फ बादल कार्की र महिलातर्फ नारायणी भण्डारी प्रथम भएका छन् ।
प्रतियोगितामा पुरुषतर्फ कृष्ण परियार र रमेश बुढाले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका हुन् । महिलातर्फ स्वीकृति कार्की र जुही राई तेस्रो भएका छन् । यो दौड फेवा किनाराको बाराही घाटबाट सुरु भई गौरीघाट, सहिदचोक, राष्ट्र बैंक चोक हुँदै ड्यामसाइटबाट पुनः राष्ट्र बैंक चोक हुँदै बाराहीघाट पुगेर सम्पन्न भएको थियो ।
विद्यार्थी दौडमा शीर्ष छ÷छ 'महिला र पुरुष' खेलाडीलाई नगद, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रथम हुनेले रु ३० हजार, दोस्रोले रु २५ र तेस्रोले रु २० हजार राशि पुरस्कार प्राप्त गर्नेछन् । चौँथोदेखि छैँठौँ हुने खेलाडीले रु १०÷१० हजार पाउनेछन् । प्रतियोगितामा पाँच सयभन्दा बढी विद्यार्थी सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम घट्यो [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार
मङ्कीपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख
पुष ११, २०८१ बिहिबार