संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
नेपालबहस संवाददाता
कात्तिक २४, २०८१ शनिबार १७:०:०
•चन्द्रकान्त खनाल
२४ कार्तिक, रुपन्देही । रुपन्देही व्यापार संघले २५ वर्ष प्रवेशका अवसरमा आयोजना गरेको संघसंस्था बीचको फुटसल प्रतियोगिताको उपाधि नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीले जितेको छ । विजेता मञ्चले नगद २५ हजारसहित सिल्ड प्राप्त गर्ने छ भने उपविजेताले नगद १५ हजारसहित शिल्ड प्राप्त गर्ने छ ।
संघले आफ्नो रजत महोत्सवका अवसरमा सञ्चालन गरेको साताव्यापी कार्यक्रम अन्तरगत आयोजित प्रतियोगितामा बुटवल अटो इन्जिनियरिङ एसोसिएसनलाई फाइनलमा ४–१ गोल अन्तरले पराजित गर्दै नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देही विजेता हुन सफल भएको हो । फाइनलमा खेलकुद पत्रकार मञ्चले पहिलो हाफमा २ गोल गरेको थियो भने थप २ गोल दोस्रो हाफमा गरेको हो ।
विजेता बनेको खेलकुद पत्रकार मञ्चले फाइनल पुग्नु अगाडि भएका खेलमा रुपन्देही उद्योग संघलाई ६–१ तथा पश्चिम नेपाल वस व्यवसायी प्रालिलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगितामा विभिन्न १० वटा संघसंस्थाको सहभागिता रहेको थियो । प्रतियोगिताको उद्घाटन संघका पूर्व अध्यक्ष मोतीलाल पाण्डेले गर्नु भएको थियो । उद्घाटन सत्रको अध्यक्षता संघका अध्यक्ष दीपक प्रसाद अधिकारी, सञ्चालन महासचिव फर्सुराम पन्थ तथा स्वागत कार्यक्रम संयोजक प्रेमनाथ पाण्डेले गरेका थिए।
संघले रजत महोत्सव अन्तर कार्तिक २२ गतेबाट सुरु गरेको साता व्यापी कार्यक्रम अन्तर्गत २५ गते आइतबार संघमा गठित वस्तुगत उपसमितिबीच मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, २६ गते रक्तदान कार्यक्रम, २७ गते लुम्बिनी प्रादेशिक अस्पतालका विरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको छ ।
कार्तिक २७ गते प्रभातफेरी कार्यक्रम गरिने छ भने सोही दिन रुपन्देहीमा स्थानीय प्रदेश तथा संघीय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने प्रभाव विषयक गोष्ठी आयोजना गरिँदैछ भने रजत महोत्सव अन्तर्गतको मुल कार्यक्रम कार्तिक २८ गते मंगलबार आयोजना गरिने अध्यक्ष दीपकप्रसाद अधिकारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम घट्यो [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार
मङ्कीपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख
पुष ११, २०८१ बिहिबार