छिल्लीकोटमा जीपलाइन निर्माण पूरा
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार १३:१५:२८
२५ कात्तिक, दाङ । जिल्लाको पर्यटकीयस्थल तुलसीपुर उपमहानगरपालिका–१९ मा जीपलाइन निर्माण पूरा भएको छ । सञ्चालक श्रीधर न्यौपानेका अनुसार रङरोगन र टिकट काउन्टर निर्माणको काम बाँकी रहेपनि मुख्य जीपलाइनको काम पूरा भएको छ ।
उनले आउँदो मङ्सिरभित्रै उक्त जीपलाइन सञ्चालन गर्ने गरी तयारी गरेको बताए । “निर्माण सुरु भएको लामो समय बित्यो, भर्खरै मत्रै पूरा भयो”, उनले भने, “धेरै जनाले छिटो सञ्चालनमा ल्याउनु प¥यो भन्दै आउनुभएको छ, अब मङ्सिर महिनाभित्र सञ्चालनका लागि तयारी गरेका छौँ ।”
दुई वर्ष अघिदेखि निर्माण सुरु भए पनि भौगोलिक विकटताले गर्दा सामान ओसार्न समस्याले निर्माणमा ढिलाइ भएको उनको भनाइ छ । तार तान्न नै एक वर्ष लागेका ढिलाइ भए पनि तत्काल सुरु गर्ने तयारी छ ।
उक्त जीपलाइन एक हजार एक सय मिटर लामो छ भने टेक अफ टावर र ल्यान्डिङ टावर उचाइ एक सय ३० डिग्री एलिभेसनमा छ । करिब रु दुई करोड लागतमा स्थानीय भुल्के सामुदायिक बनको जग्गामा जीपलाइन निर्माण भएको छ । जस वापत प्रत्येक टिकट बिक्रीबाट वनलाई पाँच प्रतिशत र त्यहाँ रहेको कालिका मालिका मन्दिरलार्ई पाँच प्रतिशत दिने सम्झौता भएको छ ।
बीस वर्षका लागि जीपलाइन सञ्चालन गर्ने गरी सम्झौता भएको उनको भनाइ छ । जीपलाइनमा १० जना जतिले रोजगारी पनि पाउने उनको भनाइ छ । छिल्लीकोट दाङको पर्यटकीयस्थल भएकाले त्यसलाई थप आकर्षक बनाउन जीपलाइन निर्माण गरिएको भन्दै यसले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत पुग्ने उनले बताए । साहसिक खेल मानिने जीपलाइनप्रति आकर्षण बढ्ने भएकाले पनि पर्यटन प्रबर्द्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।
छिल्लीकोट रिसोर्ट एण्ड एड्भेन्चर प्रालिको नामबाट उक्त बञ्जिजम्प सञ्चालनमा ल्याइएको हो । सोही ठाउँलाई एडभेन्चरको हबको रुपमा विकास गर्ने गरी आफूहरुले उक्त कार्य गरेको उनले बताए । जहाँ केही समयपछि स्काई साइकलिङ, रकक्लाइम्बिङलगायत थप गर्ने समेत तयारी रहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऊर्जा मन्त्रालयले दुई पटक गरी मागेको २१ बुँदे स्पष्टीकरणको घिसिङले दिएनन् जवाफ
कात्तिक २७, २०८१ मंगलबार
रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक
कात्तिक २७, २०८१ मंगलबार
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको संख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान
कात्तिक २७, २०८१ मंगलबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंमा पक्राउ
कात्तिक २७, २०८१ मंगलबार
कोप–२९ः राष्ट्रपति पौडेलले आज उच्चस्तरीय सत्र सञ्चालन गर्ने
कात्तिक २८, २०८१ बुधबार
मधुमेहपीडितमा डायबेटिक रेटिनोपेथीको जोखिम
कात्तिक २८, २०८१ बुधबार
चिसो बढेपछि सुनसान ‘बुकीपाटन’
कात्तिक २८, २०८१ बुधबार
आज देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक २८, २०८१ बुधबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
कात्तिक २८, २०८१ बुधबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार