नेपाल सबै धर्म, कला र संस्कृतिको साझा संगमस्थल : वरिष्ठ नेता डा. शेखर कोइराला
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार १३:५६:०
२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले धर्म र अध्यात्मको तपोभूमि नेपाल ऐतिहासिक कालदेखि नै समस्त मानवजातिको लागि आकर्षणको केन्द्र भएकाे बताएका छन् ।
आइतबार इलाम पुगेर राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन १४० औं जन्मजयन्तीको अवसर पारेर पूर्ण कदको शालिक अनावरण गर्दै महागुरुको अवतरणले यो रमणीय भूमि पनि तपोभूमि भएर ज्ञान र चेतनाका प्रकाश विस्तार गर्ने केन्द्रको रुपमा पहिचान बनाउन सफल भएको बताए ।
यसअघि भने फाल्गुनन्दको जन्ममा राष्ट्रपति र प्रधानमन्त्री सहभागी हुन्थे । यसपटक भने कोशी प्रदेशमा किराँतहरूको योगदान र बाहुल्यता रहेकाले कोइराला आफैँ सहभागी भएका हुन् । उनले त्यहाँ पुगेर किराँत फाआप मिङ्सो माङ्हिमको समुद्घाटन समेत गरे ।
उनले किराँत धर्मावलम्वीहरुले आफ्नो लोक जीवनको उल्लास, खुशीयाली र सम्पन्नताको लागि देश विदेशमा पनि प्रसिद्धि कमाएको बताए । त्यस्तै उदार, स्वतन्त्र चिन्तन गर्ने र पारस्परिक सम्मानमा आधारित पारिवारिक एवं सामाजिक सम्बन्धको कारणले सरल र सुरुचिपूर्ण छन् । स्वभावले साहस र सरलताको मिश्रण भएको किराँत समुदायले अन्तराष्ट्रिय समुदायबीच बनाएको पहिचानले नेपाली संस्कृति र सभ्यतालाई थप उचाइमा पुर्याएको कुरा इतिहासमा स्वर्णिम अक्षरले लेखिएको उनले बताए ।
नेपाल सबै धर्म, कला र संस्कृतिको साझा संगमस्थल रहँदै आएको छ । शदाव्दीयौं देखि नेपालीहरूले विविधतामा एकता कायम गर्दै आफ्नो पहिचान, संस्कृति परम्पराको अनुपालन गर्दै आइरहेका छन । सामूहिक भावबाट उत्पन्न एकता, शक्ति निर्माण र सामूहिक प्रगतिको भावनाले “नेपाली राष्ट्रियता” निर्माण भएको छ ।
लोकतान्त्रिक व्यवस्थामा प्रत्येक जातजातिलाई आफ्नो भाषा, धर्म, संस्कृति, परम्परा र साहित्यको जगेर्ना तथा विकास गर्ने अधिकार हुन्छ र यसमा राज्य व्यवस्थाको दायित्वलाई नकार्न सकिँदैन । नेपालको संविधानले सबै नागरिकलाई समान हक अधिकारको सुनिश्चितता गरेको छ । राज्य व्यवस्थाको सयकडौं वर्षको ढाँचा फेरिएको छ । तर ढाँचा फेर्दैमा कैयन् सामाजिक मान्यतामा परिवर्तन आएको छैन । यसमा प्रशस्त अन्तरविरोधहरु पनि रहेको कुरा मलाई स्विकार्न संकोच छैन उनले भने ।
उनले भने, "म राजनीतिकर्मी हुँ । राजनीतिकर्मीका सीमा, वाध्यता र अप्ठयाराहरु पनि हुन्छन् । यस गरिमामय सभामा मलाई निमन्त्रणा गरेकोमा मैले आफूलाई धन्य ठानेको छु , यतिमात्र होइन भविष्यमा पनि म तपाईहरुको साथमा रहने प्रण गर्दछु । म जुन राजनीतिक पार्टीप्रति प्रतिवद्ध छु त्यस मार्फत पनि सदा यस संस्था र यो समुदायको हक हितमा समर्पित रहने प्रतिवद्धता व्यक्त गर्छु ।"
किराँत समाज सुधारमा पुर्याएको योगदानको कदर गर्दै फाल्गुनन्दलाई २०६६ मंसिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरिएको थियो। उनको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी भेगका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायतमा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ। फाल्गुनन्द जयन्तीका अवसरमा कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा ऋण लिने विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई सहमती दिन सक्दैनः गृहमन्त्री
मंसिर ६, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर ६, २०८१ बिहिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
सहारा सहकारी ठगीमा संलग्न भएको भन्दै रवि लामिछानेविरुद्ध चितवनमा पनि पर्यो उजुरी
मंसिर ५, २०८१ बुधबार
काठमाडौँ उपत्यकामा आज तीन जना मृत भेटिए
मंसिर ६, २०८१ बिहिबार
विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
मनुङकोटमा आन्तरिक पर्यटकको चहलपहल
मंसिर ६, २०८१ बिहिबार
३१ अंकले घटेर २७०० तल झर्यो नेप्सेः सबै सूचक घटे, ८ अर्ब २५ करोडमाथि भयो करोबार
मंसिर ६, २०८१ बिहिबार