गोदावरीमा वडास्तरीय फुटबल प्रतियोगिता सुरु
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार १३:५६:३५
२५ कात्तिक, ललितपुर । गोदावरी नगरपालिका–१ गोदामचौरमा वडास्तरीय ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता सुरु भएको छ । ‘युवाका लागि खेलकुद, विकासका लागि खेलकुद’ भन्ने नाराका साथ यही कात्तिक २४ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी मङ्सिर १ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको उद्घाटन गर्दै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आयोजक र खेलाडीलाई शुभकामना व्यक्त गरे । उनले यस्ता प्रतियोगिताले खेलाडीको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
नगरप्रमुख महर्जनले अनुशासित भएर खेल खेल्न आग्रह गर्दै अनुशासन जितभन्दा महत्वपूर्ण हुने धारणा राखे । आगामी मङ्सिर १५ गतेदेखि नगर वडा फुटबल प्रतियोगिता सुरु हुने जानकारी दिँदै उनले खेलाडीको हित र खेलकुद पूर्वाधारको विकासमा नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उपप्रमुख मुना अधिकारीले आयोजक र प्रतियोगी टिमलाई शुभकामना दिँदै यहाँबाट राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे । गोदावरी–१ का वडाध्यक्ष श्रीराज थापाका अनुसार प्रतियोगितामा नौ वटा वडाबाट ११ समूह प्रतिस्पर्धा गरिरहेका छन् ।
स्थानीय खेलाडीलाई प्रोत्साहित गर्दै उनीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने समूहलाई क्रमशः रु ५० हजार, रु २५ हजार, र रु १५ हजार पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै रु दुई लाखसम्मको उपचार बिमाको व्यवस्था गरिएको वडाध्यक्ष थापाले जानकारी दिए ।
आयोजक समितिका संयोजक सुमन आचार्यले प्रतियोगिताको पहिलो दिन तीन खेल भएका बताए । पहिलो खेल ‘डि वाई सिए’ र गोजवेश्वर युथ क्लबबीच गोलरहित बराबरीमा समाप्त भएको थियो । दोस्रो खेलमा ‘डि वाई सिबी’ र फुलचोकी युथ क्लबबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा फुलचोकी क्लब १ गोलले पराजित भयो । तेस्रो खेलमा गोदामचौर युथ क्लबले नवोदय युथ क्लबलाई ३ गोलको फराकिलो अन्तरले पराजित गर्दै विजय हासिल गरेको आचार्यले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार