एनपीएल रोक्न माग गरिएको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, खेल सञ्चालन गर्न बाटो खुला
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार १५:३३:३६
२५ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अधिकार दाबी गर्दै आमीर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त मुद्दामा विपक्षी नेपाल क्रिकेट संघ (क्यान) सँग लिखित जवाफ माग गरेको छ ।
एनपीएल) रोक्न माग गर्दै जोरा स्पोर्ट्स म्यानेजमेन्टका तर्फबाट अमिर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । रिटमा अख्तरले एनपीएलको फ्रेन्चाइज नेपाल क्रिकेट संघ (क्यान)ले १० वर्षका निम्ति आफ्नो नाममा दिइसकेको दाबी गरेका छन् । त्यसरी दिइसकेको फ्रेन्चाइज अरू नै कम्पनीमार्फत सञ्चालन गर्न नमिल्ने जिकिर गर्दै उनले यही कातिक २३ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
आफूमाथि क्यानले अन्याय गरेकाले न्याय गरिदिनुपर्ने उनको माग तत्काल सम्बोधन हुनुपर्ने प्रकृतिको नभएको भन्दै सर्वोच्चले अन्तरिम आदेश आवश्यक नपर्ने ठहर गरेको हो । आउँदो मंसिर १६ गतेदेखि काठमाडौंमा उक्त प्रतियोगिता आयोजना हुँदै छ । प्रतियोगिताका निम्ति क्यानले खेलाडीको ‘अक्सन’ समेत गराइसकेको छ । प्रतियोगितामा सहभागी हुने आठै क्लब आ–आफ्नो तयारीमा व्यस्त छन् ।
यो आदेशसँगै १६ मंसिरमा सुरु हुने एनपीएल सञ्चालनका लागि बाटो खुला भएको छ । विगतमा आमीरले एनपीएलको नाममा प्रतियोगिता आयोजना गर्ने तयारी गरेका थिए । त्यसैले एनपीएल नाममा आफ्नो दाबी रहेको उनको जिकिर छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार