६२.५४ अंकले बढेर २७३८ अंकमा पुगेर रोकियो नेप्से, ९ अर्ब ७७ करोडका शेयर खरिदबिक्री
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार १५:४७:२४
२५ कात्तिक, काठमाडौं । साताको पहिलो दिन आइतबार शेयरबजारले २७०० अंक नाघेको छ । तिहारपछि नेप्सेमा वृद्धि भएको हो । आइतबार कारोबार सुरु भएसँगै रफ्तारमा बढ्न थालेको बजारले दिनभर उकालो यात्रा गरिरह्यो । जसले गर्दा दिनभरमा सूचक ६२.५४ अंकले बढेर २७३८.०६ अंकमा पुगेर रोकियो । आज सूचक सँगै कारोबार रकम पनि १० अर्ब नजिक पुगेको छ । यो दिन ३२५ कम्पनीको २ करोड २४ लाख कित्ता शेयर ९ अर्ब ७७ करोड रुपैयाँमा कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६२.५४ अंक बढेर २७३८ मा कायम भएको हो । यस दिन कुल २२८ कम्पनीको मूल्य बढ्दा १३ को घट्यो भने तीनको स्थिर रह्यो । यस दिन उल्लेखनीय कारोबार भएको छ । अघिल्लो दिन ५ अर्ब २२ करोडको भएकोमा यस दिन ९ अर्ब ७७ करोडको भयो । सबै क्षेत्रका सूचक बढेका छन् । हाइड्रोपावर सेक्टर सबैभन्दा धेरै ४.२६ प्रतिशत बढ्यो ।
बैंकिङ १.६२, विकास बैंक २.७१, फाइनान्स २.४८, होटल तथा पर्यटन ०.९६, लगानी २.५६, जीवन बीमा २.१६, उत्पादन २.३२, माइक्रोफाइनान्स १.५१, निर्जीवन बीमा १.९५, अन्य २.५२ तथा व्यापार समूह १.१५ प्रतिशत बढे । यस दिन ६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । गुराँस लघुवित्त, सिर्जनशील लघुवित्त, सुपरमादी हाइड्रोपावर, बलेफी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो ।
समाज लघुवित्तको ४.८, मिथिला लघुवित्तको ४.१ तथा कुथेली बुकरी स्मल हाइड्रोपावरको ३ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सानिमा जीआईसी इन्स्योरेन्स, समृद्धि फाइनान्स, ङादी, एचआईडीसीएल प्रमोटर र साहस ऊर्जा क्रमशः अगाडि रहे । इस्टर्न हाइड्रोपावरको ९.५, पिपुल्स पावरको ९.०, मैलुङखोलाको ९.०, माउन्टेन हाइड्रो नेपालको ८.८ प्रतिशत मूल्य बढ्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले तीन उपकुलपतिलाई गराए शपथ
पुष १२, २०८१ शुक्रबार
दशगजा वारिपारि पहेंलपुर तोरीबारी
पुष १२, २०८१ शुक्रबार
हिंसाले पाकिस्तानको कुर्रममा स्वास्थ्य सेवाको चरम अभाव, ५० बालबालिकाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान जारी
पुष १२, २०८१ शुक्रबार
नौ रुपैयाँको नुन किन्न पच्चीस सय खर्च !
पुष १२, २०८१ शुक्रबार
घोराही उपमहानगरले चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
पुष १२, २०८१ शुक्रबार