मोरङबाट पक्राउ गरी काठमाडौं ल्याइएका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार १६:४७:५२
२५ कात्तिक, काठमाडौं । काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका तत्कालिन मन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले हिरासतमा राखेर अनुसन्धान गर्न २ दिनको म्याद पाएको जानकारी दिए ।
उनीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । अधिकारीलाई प्रहरीले आइतबार नै मोरङको विराटनगरबाट काठमाडौं ल्याएको थियो ।
अधिकारी एउटा कार्यक्रममा भाग लिन जापान गएका बेला ३ जना अपरिचित व्यक्ति पनि उनीसँगै गएका थिए । उनीहरुलाई भने नेपाल फर्किँदा त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरिसकेको छ । मानव तस्करीमा मुछिएपछि अधिकारीलाई आइतबार प्रहरीले विराटनगरबाट पक्राउ गरेको थियो । विवाद बाहिर आएपछि अधिकारीले मन्त्रीबाट राजिनामा दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्च र जिल्ला अदालतका १३ जना न्यायाधीशको सरुवा
मंसिर ६, २०८१ बिहिबार
उपेन्द्र यादवले दल बिभाजनविरुद्ध दिएको रिटमा आज पनि सुनुवाइ भएन, हेर्न नमिल्नेमा राखियो
मंसिर ६, २०८१ बिहिबार
दल बिभाजनविरुद्ध उपेन्द्र यादवले दिएको रिटको पेशी सर्वोच्चको पूर्ण इजलासमा
मंसिर ६, २०८१ बिहिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
सहारा सहकारी ठगीमा संलग्न भएको भन्दै रवि लामिछानेविरुद्ध चितवनमा पनि पर्यो उजुरी
मंसिर ५, २०८१ बुधबार
तोकिए भन्दा बढी रकम लिने अस्पतालसँग स्वास्थ्य मन्त्रालयले माग्यो सेवा शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार
रूसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
मंसिर ६, २०८१ बिहिबार
कर्नाटकालाई ७ विकेटले पराजित गर्दै नेपाली यू-१९ क्रिकेट टिमले जित्यो सिरिज
मंसिर ६, २०८१ बिहिबार
पिठो तथा इन्धनको अभावले गाजामा बेकरीसमेत बन्द हुने अवस्थामा : राष्ट्रसंघ
मंसिर ६, २०८१ बिहिबार
काठमाडौँ उपत्यकामा आज तीन जना मृत भेटिए
मंसिर ६, २०८१ बिहिबार